सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

जन्मियो विवेकशिल साझा पार्टी, दुईजना नेता

साझा पार्टी र विवेकशील नेपाली पार्टीबीच बुधबार एकता भएको छ । एकतापछी पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ भएको छ भने चुनाव चिन्ह तराजु बनाईएको छ ।

एकिकृत नयाँ पार्टीमा रवीन्द्र मिश्र र उज्वल थापा दुबैले संयुक्त रुपमा नेतृत्व गर्नेछन । मिश्र र थापा दुबैलाई सह–संयोजक पद दिइएको छ । बैठकहरुको अध्यक्षता मिश्रले गर्ने सहमति भएको छ ।

साझा र विवेकशीलको पार्टी एकताले नयाँ विकल्प तयार भएको नेताहरुले दाबी गरेका छन । पार्टी एकता घोषणा कार्यक्रममा रविन्द्र मिश्रले अहिलेका नेताहरु लडाई लडेको र उनीहरुको योगदानको कदर गर्ने तर, सम्बृद्धिको नेतृत्व गर्न नसक्ने बताएका छन । उनले भने, ‘उहाँहरुले सम्बृद्धिको लडाई लगाडि लैजान सक्नु हुन्न ।’

स्थानीय चुनावमा काठमाडौं महानगरले मुहार फेर्ने मौका गुमाएको भन्दै उनले भने, ‘हाम्रो आग्रह छ, अब देशले मुहार फेर्ने मौका नगुमाओस् । विकल्प तयार भएको छ ।’ विवेकशिल साझा पार्टीको केन्द्रीय समिति ५१ सदस्यीय हुनेछ । छिट्टै महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने नेताहरुले बताएका छन् ।

दुई पार्टीबीच स्थानीय तहको चुनाव अघि नै पार्टी एकता वा चुनावी तालमेल दुबै विकल्पमा छलफल भएको थियो । तर, दुबै पार्टीले मेयर आफ्नो उम्मेद्वार हुनुपर्ने अडान राखेपछि काठमाडौं महानगरपालिकामा समेत तालमेल हुन सकेको थिएन ।

काठमाडौंमा सम्मानजनक मत पाएपनि अन्यत्र दुबै दलका उम्मेदवारले मत ल्याएनन् । ‘जनमत दुबै पार्टी मिलेर जानुपर्छ भन्ने रहृयो,’ साझा पार्टीका एक नेताले भने, ‘नमिल्दा संगठन निर्माण गर्न पनि गाह्रो भएपछि एकता भएको हो ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS