सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नवनियुक्त १९ मन्त्रिले लिए सपथ, यस्तो छ सुची

सरकार गठनको लामो समयपछी विस्तारीत मन्त्रिपरिषदका नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति कार्यालयमा सपथ लिएका छन् । कांगेसका तर्फबाट १०, माओवादी केन्द्रका ६, लोकतान्त्रिक फोरमका २ र नेकपा संयुक्तबाट १ गरी १९ जना मन्त्रिहरुले सपथ लिएका हुन ।

नवनियुक्त मन्त्रिका रुपमा कांग्रेसको पौडेल समुहबाट रामकृष्ण यादव कृषि मन्त्रि भएका छन् भने राजन केसी युवा तथा खेलकुद मन्त्रि भएका छन । त्यसैगरी सञ्जय गौतम शहरी विकास र यज्ञबहादुर थापा कानुन मन्त्रि भएका छन् ।

त्यस्तै कांग्रेसबाटै देउवा समूहबाट मीन विश्वकर्मा बाणिज्य मन्त्रि, वीरबहादुर बलायर भौतिक योजना तथा निर्माण मन्त्रि, अम्बिका बस्नेत गरिवी र महेन्द्र यादव खानेपानी तथा सरसफाई मन्त्री बनेका छन ।

त्यस्तै कांग्रेसकै खुमबहादुर खड्का समूहका मोहनबहादुर बस्नेत सञ्चार मन्त्रि भएका छन भने सिटौला समूहबाट भीमसेनदास प्रधान रक्षामन्त्रि भएका छन ।

त्यस्तै सत्तासाझेदार माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल स्वास्थ्य मन्त्रि, टेकबहादुर बस्नेत सामान्य प्रशासन, शिवकुमार मण्डल आपुर्ति, महेन्द्रबहादुर शाही उर्जा, सन्तकुमार थारु चौधरी पशुपंक्षी, आशा खनाल महिला बालबिकास मन्त्रि भएका छन् ।

त्यस्तै फोरम लोकतान्त्रिकबाट जितेन्द्र देव नागरिक उड्डयन र गोपाल दहित भुमिसुधार मन्त्रि भएका छन् । नेकपा संयुक्तबाट मिथिला चौधरीले बाताबरण मन्त्रिको जिम्मेवारी पाएकी छिन् ।

यसअघि प्रधानमन्त्री देउवाले कांग्रेस, माओवादी र लोकतान्त्रिक सहितको ७ सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए । विस्तारीत मन्त्रिपरिषदसँगै देउवाको मन्त्रिमण्डल संख्या २६ पुगेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्