इन्जिनियरिङ क्याम्पस सभापतिमाथी सांघातिक हमला
काठमाडौंको कालीमाटीस्थित काठमाडौं इन्जिनियरिङ क्याम्पसमा दुई विद्यार्थी संगठनबीच झडप भएको छ । स्ववियू सभापति एमाले अखिलका पूर्णबहादुर खड्काले हिसाबकिताब नबुझाएको भन्दै नेविसंघका विद्यार्थीहरुले आक्रमण गरेका हुन् ।
झडपमा परी स्ववियु सभापति खड्कासहित ६ जना घाइते भएका छन् । घाइते सबैको कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
घाइते हुनेमा नारायण घर्तीमगर, मोती विक, अजित बोहरा, शिशिर विक, आकाश घर्ती, सुजन भट्टराई, शेखर बोहोरा, दिवाकर लोहन र अमित महर रहेका छन ।
बिहीबार एक्कासी आक्रमणमा उत्रिएका नेविसंघ निकट विद्यार्थीहरुले स्ववियु काउन्सिलमा आगजनी समेत गरिदिएका छन् । स्ववियु सभापतिले हिसाब नबुझाएकाले आफ्नै निर्देशनमा आक्रमण गरेको नेविसंघका क्याम्पस इकाइ अध्यक्ष मुकेश सापकोटाले प्रस्ट पारेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्