भरतपुरमा पुनः मतदान गर्न सर्बोच्च अदालतको आदेश
पेशी चढेको दुई महिना लामो समय पछि भरतपुर नगपालिका वडा नं १९ मा सर्बोच्च अदालतले पुन मतगणना गराउने निर्णय सुनाएको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त ईजलासले आईतबार साँझ यस्तो फैसला सुनाएको हो ।
मतगणना अन्तिम अवस्थामा पुगेपछि पुन मतदानका लागि माओवादी उम्मेदवार रेणु दाहालका प्रतिनिधिले मतपत्र च्यातेपछि भरतपुर महानगरपालिका मतगणनाको विवाद सर्वाेच्च अदालतसम्म पुगेको थियो ।
माओवादी कांग्रेस गठबन्धनका उम्मेदवार रेणु दाहालका प्रतिनिधिले पुन मतदान हुनु पर्ने माग गर्दै मतपत्र च्यातेका थिए । एमालेले भने मतगणना गरी टुंगो लगाउनु पर्ने माग गरेको थियो । यसैबीच निर्वाचन आयोगले मतपत्र च्यात्नेको माग सम्बोधन गर्दै पुन मतदान गर्ने निर्णय गरेको थियो ।
आयोगको निर्णय विरुद्ध परेको मुद्दामा सर्वाेच्च अदालतमा बहस सकिएको हो । सर्वाेच्चमा पेसी सर्दै लामो समय लिएको मुद्दाले आजै सो फैसला भएको हो । बहस सकिएपछि न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीले करिव दुई घण्टा परामर्श गरेका थिए ।
गत बिहीबार नै बहस सकिने र आदेश आउने आँकलन गरिए पनि प्रतिवादी रेणु दाहालका तर्फबाट कानुन व्यवसायीले बहस गरेपछि सुनुवाई आजसम्मका लागि स्थगित गरिएको थियो । जेठ २१ गते सर्वोच्चमा दायर भएको रिटमा अन्तरिम आदेश जारी हुने वा नहुने विवाद करिव दुई महिनासम्म हुन सकेको थिएन ।
अन्तरकालीन आदेशबाट पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय भने रोकिएको छ । रिट निवेदकाको तर्फबाट आज अधिवक्ताहरु टीकाराम भट्टराई र सतिसकृष्ण खरेलले जवाफी बहस गरेका थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्