सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भरतपुरबारे सर्वोच्चको फैसला दुर्भाग्यपुर्णः एमाले

भरतपुरको वडा नं. १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गर्ने सर्वोच्चको फैसलालाई प्रमुख प्रतिपक्षि एमालेले दुभाग्यपूर्ण भनेको छ । सर्वोच्चको फैसलाले नागरिक सर्वोच्चता र जनमतलाई अपमानित गरेको एमालेको ठहर छ ।

मतगणनाका क्रममा माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछी भएको बिवादपछी परेको रिटमा सर्वोच्चले आइतबार भरतपुर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको हो ।

सर्वोच्चको फैसलापछि एमाले सचिव योगेश भट्टराईले भने–‘आजको फैसला दुर्भाग्यपूर्ण छ । यसले राजनीतिको अपराधीकरण तथा अपराधको राजनीतिकरणलाई प्रश्रय दिएको छ । नागरिक सर्वोच्चता र जनमतलाई अपमानित गरेको छ ।’

आफूहरुलाई भरतपुरका जनताप्रति भरोसा रहेको भन्दै उनले त्यहाँका जनताले आफ्नो जनमतमार्फत नागरिकको सर्वोच्चता स्थापित गर्ने विश्वास व्यक्त गरेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्