यस्तो छ, बढुवा भएका ११ एआईजीको नामावली
सरकारले नेपाल प्रहरीका ११ जना डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । बढुवा सिफारिस समितिको सिफारिस अनुसार मन्त्रिपरिषद्को बैठकले डीआईजीहरुको बढुवा गरेको हो ।
पुनरावलोकन समितिले बढुवा सिफारिसविरुद्ध परेको उजुरी खारेज गरेपछि बढुवाको बाटो खुलेको थियो । बढुवा हुनेहरुमा बमबहादुर भण्डारी, जयबहादुर चन्द, देबेन्द्र सुवेदी, पशुपति उपाध्यक्ष, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमल सिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्ट छन् ।
बमबहादुर भण्डारी, जयबहादुर चन्द आईजीपीका दाबेदार थिए । जय बहादुर चन्दलाई प्रचण्ड सरकारले प्रहरी प्रमुखमा समेत नियुक्त गरेको थियो । फुली लाउन नपाउँदै सर्वोच्चले उनको नियुक्त खारेज गरेपछि प्रकाश अर्याल प्रहरी प्रमुख भएका थिए ।
आईजीपीको दाबी गर्दै सर्वोच्च अदालत गएका डीआईजी नवराज सिलवाल भने बढुवा सिफारिसमै परेका छैनन् । उनको मुद्दा अँझै सर्वोच्चमा विचाराधीन अवस्थामा रहेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्