सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

यी हुन ८ महिनापछी आईजीपी हुने अनुहार

नेपाल प्रहरी जनतासँग प्रत्यक्ष गाँसिएको संगठन भएकाले यसमा राजनीतिको सोझो दृष्टि पर्ने गरेको छ । गृहमन्त्रीमा जनार्दशन शर्मा आएपछि फाष्ट ट्रयाकमा प्रहरीको बढुवालाई अघि बढाए । यसले प्रहरी संगठनमा एकाएक भुकम्प आएको छ ।

११ जना एआइजी बनाउने रमेश खरेलको बढुवा २ नम्बरमा पर्नु, विश्वराज पोखरेलले आफ्ना समकक्षी भन्दा पनि अघिल्ला व्याचीलाई नै उछिनेर बढुवामा पर्नु जस्ता विषयले प्रहरीमा एक प्रकारको भुकम्प गएको हो ।

रमेश खरेल २ नम्बरमा डिआइजीका लागि सिफारिस हुनु जनमानसमा केही असजिलो महशुस भएपनि उनको दम्भका कारण आफै २ नम्बरमा ठेलिएको बताइन्छ ।

गृह मन्त्रालयले नेपाल प्रहरीको १५ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डिआईजी) मा बढुवा सिफारिस गरेपछि अबको ८ महिनापछि प्रहरी महानीरिक्षकको खाका स्पष्ट पारेको छ ।

एसएसपी सर्वेन्द्र खनाललाई पहिलो वरीयतामा राखेर बढुवा समितिले डिआइजीमा बढुवा सिफारिस गरेपछि उनी नै अहिले सम्मको आगामी प्रहरी महानीरिक्षकका लागि पहिलो हकदार बनेका छन ।

उनलाई भावी आईजीपीका लागि बाटो खुला गर्न पहिलो नम्बरमा सिफारिस भएको हो । तर उनलाई चेक एण्ड व्यालेन्स गर्न दुइ जना पनि उत्तिकै सशक्त रहेका छन्, ती हुन रमेश खरेल र पुष्कर कार्की ।

बढुवा समितिका अनुसार खनालले कुल १०० पूर्णांकमा ८४ दशमलव ४७३४ अंक प्राप्त गरेका छन् । दोस्रोमा रमेश खरेल सिफारिस भएका छन् । उनले ८३ दशमलव ८५१० अंक प्राप्त गरेका छन् ।

खरेललाई भावी आईजीपीको रूपमा हेरिएको थियो । तर, उनी आफनै कारणले माइनस भएका छन् । तत्कालिन समयमा गृहमन्त्री वामदेव गौतमसँग अनावश्यक टक्कर लिन खोज्नु र मिडिया वाजी गर्न तथा दोस्रो पटक काठमाडौ परिसर प्रमुखका रुपमा आएर केही काम गर्न नसक्नु उनका लागि फलदायी रहेन ।

पछिल्लो स्रोतका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड खरेलप्रति सन्तुष्ट छैनन् । सोही कारण उनी प्रधानमन्त्री हुँदा खरेललाई युएन जगेडामा राखेर कुनै जिम्मेवारी नदिइएको हो ।

यदि खरेल १ नम्बरमा बढुवा भएका भए उनी १० महिना र सर्वेन्द्र खनाल १३ महिने आईजीपी हुने थिए । खरेल २०४५ सालबाट प्रहरी सेवामा छिरेका हुन भने खनाल र कार्की २०४६ का व्याची हुन ।

डीआईजीको तेस्रोमा ७८ दशमलव २३११ अंकसहित पुष्कर कार्की, चौथोमा ७८ दशमलव १८५६ अंकसहित उत्तमकुमार कार्कीलाई बढुवा सिफारिस गरिएको छ ।

राजनीतिक तालमेल मिले पुस्कर कार्की भावी आइजीका लागि बलिया दावेदार हुन । उनले अपराध महाशाखा र पोखरामा बसेर जेजति काम गरे उनका लागि सबैभन्दा प्लस प्वाइण्ट त्यही हो । जसले आइजीको दावेदारीमा पुर्यायो र सर्वेन्द्र खनालका लागि खरेल भन्दा पुस्कर कार्की नै बढी चुनौति सावित भएका छन् ।

भोगबहादुर थापा, पुष्कलराज रेग्मी, पवनप्रसाद खरेल, छविलाल जोशी, मनोज न्यौपाने, ज्ञानविक्रम शाह, ठुले राई, शरद चन्द, धिरु बस्नेत, पुष्पचन्द्र रञ्जित, र सुरेशविक्रम बढुवा सिफारिस भएका भएपनि उनीहरु भन्दा आइजीका बलिया दावेदार खनाल, खरेल र कार्की नै हुन ।

त्यसमा उत्तम कार्कीले पछ्याएपनि उनी आफूलाई खान्दानी ठालू ठान्ने भएकाले कसैसँग पनि सम्बन्ध राम्रो बनाउन सकेका छैनन । उत्तम कार्कीको राजनीतिक दलहरुसँग सम्बन्ध राम्रो भैदिएको भए उनै आइजीको दावेदार हुन पनि सक्ने थिए ।

यो सिफारिसअनुसार नौ महिनापछि हुने आइजीपीका लागि मन्त्रालयले तीनजनालाई प्रतिस्पर्धाको रूपमा अगाडि सारेको देखिन्छ । २०४५ सालमा भर्ना भएको रमेश खरेल एसएसपीमा बढुवा हुँदा पहिलो नम्बरमा थिए । तर डिआइजीमा बढुवा हुँदा २०४६ सालमा सेवा प्रवेश गरेका सर्वेन्द्र खनालले उछिनेका छन् ।

यसैगरी, थापा र रेग्मीभन्दा पुष्कर कार्की र उत्तम कार्कीले पाएको नम्बर बढी भएकाले क्रमशः तेस्रो र चौथो नम्बरमा बढुवा गरिएको छ । थापा र रेग्मी २०४४ सालमा सेवा प्रवेश गरेका हुन् । उनीहरू हालका प्रहरी महानिरीक्षकका व्याचीसमेत हुन् ।

प्रहरीमा ३० वर्षे सेवा कायम रहेकै अवस्थामा २९ चैत २०७४ मा हालका प्रहरी महानिरीक्षक प्रकाश अर्यालको सेवाअवधि सकिएसँगै खनाल, खरेल तथा पुस्कर कार्कीले आईजीपीका लागि प्रतिस्पर्धा गर्नेछन् । अहिलेको सरुवा पनि त्यही ढंगले गरिएको छ ।

विशेषगरी मिडियासँग ‘रिलेशनसीप’ बढाउने दुइ स्थान ट्राफिक महाशाखामा खनाल छन भने केन्द्रीय प्रवक्तामा पुस्कर कार्की छन । यी दुइ स्थानमा रहेका प्रहरी अधिकृतको भने चर्चा भैहरन्छ ।

नवराज सिलवालाई घर पठाउने योजना

गृह मन्त्रालयले नेपाल प्रहरीका ११ जना नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस गरे पनि नवराज सिलवालप्रति प्रतिशोध साधेको छ ।

सिफारिसमा वरिष्ठतामा १ नम्बरमा रहेका डीआईजी सिलवालको नाम भने उल्लेख नै नगरी बढुवा सिफारिस गरिएको हो । एआइजी रिक्त भएको पाँच महिनापछि सरकारले एआईजीका लागि नाम सिफारिस गर्दा सिलवाललाई नियतवश छुटाइयो ।

सरकारले सिलवालसँगै आईजीपीका लागि दाबेदारी गरेका बमबहादुर भण्डारी र जयबहादुर चन्दलाई एआईजी बढुवाका लागि सिफारिस गरेको छ । भण्डारीलाई पहिलो र चन्दलाई दोस्रो बनाइयो । चन्द यतिबेला गृहमन्त्रालयमा हाजिर गर्छन यो बढुवामा उनी पनि सन्तुष्ट छैनन ।

चन्दलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले आईजीपी बनाउने निर्णय गरेको थियो । तर, डीआईजी सिलवालले सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै सर्वाेच्च अदालतमा रिट दायर गरेपछि सर्वाेच्चले चन्दको नियुक्तिलाई खारेज गरेको थियो ।

त्यसपछि सरकारले दोस्रो वरीयताका डीआईजी प्रकाश अर्याललाई आईजीपी बनाउने निर्णय गरेको थियो । सरकारको यो निर्णयप्रति पनि असन्तुष्टि जनाउँदै डीआईजी सिलवालले सर्वाेच्च अदालतमा रिट दर्ता गरेका थिए । सर्वाेच्चले अर्याललाई नै आईजीपी बनाउने सरकारको निर्णयलाई सदर गरे सिलवाल अब डीआईजीबाटै घर जानेछन् ।

आठौँका नम्बरका छुटे १८ औँ नम्बरका परे

सिफारिसमा पर्ने अन्य डीआईजीमा देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्ट छन् । उनीहरु काग्रेस माओवादीको रोजाइमा परेका कारण बढुवाको सिफारिसमा परेका हुन ।

माधव नेपाल, पंकज श्रेष्ठ, मधु पुडासैनी हेमन्त पाललाई भने बढुवामा नियतवश छुटाइएको छ । १८ औँ नम्बरका विजय भट्ट बढुवा हुँदा ८ औँ नम्बरका माधव नेपाल बढुवामा परेनन् १३ औँ नम्बरका मधु पुडासैनी र १५ औँ नम्बरका हेमन्त पाल छुटे ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्