सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

‘स्वाइन फ्लु’ले ६ जनाको मृत्यु भएको पुष्टि

पेन्डेमिक इन्फ्लुएञ्जा H1N1 (स्वाइन फ्लू) कारण हालसम्म ६ जनाको मृत्यु भइसकेको पाइएको छ ।

शुक्रराज ट्रपिकल तथा रोग नियन्त्रण महाशाखाका अनुसार स्वाइन फ्लूबाट मृत्यु हुनेमा २५ देख ५२ वर्ष उमेर समूहका तीन महिला तथा तीन पुरुष छन् ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा महाशाखाका निर्देशक डा.भीम आचार्यले जनवरी १ देखि अगस्ट ३ सम्म स्वाइन फ्लुका कारण ६ जनाको मृत्यु भएको बताएका छन ।

उनले भने–‘आठ महिनाको अवधीमा स्वाइन फ्लुका कारण ६ जनाको मृत्यु भएको छ । तर के कारणले भन्नेबारे प्रयोगशाखाबाट पुष्टि हुन बाँकी छ ।’

सरकारद्धारा मान्यता प्राप्त तीन वटा प्रयोगशालाबाट आएको नतिजाका आधारमा एचवान एनवान पीडीएम ०९ को संक्रमण २०२ जनामा भेटिएको छ । एच्३एन्२ का कारण ५ तथा टाइप बीका कारण एकको मृत्यु भएको डा. आचार्यले बताएका छन ।

उनले भने–‘उपचारका क्रममा गत अप्रिल २ मा ५२ वर्षीया महिलाको मृत्यु भएको थियो भने जुलाई २ मा काठमाडौंको बुढानिलकण्ठको २५ वर्षीय एक पुरुषमा सवाइन फ्लु भएको पुष्टि भएको थियो ।’

त्यसबाहेक जुलाई २४ मा स्याङ्गजाका ४९ वर्षीय पुरुष, जुलाई २९ मा पोखराका २९ वर्षीय पुरुष तथा अगष्ट १ मा पोखराकी ४८ वर्षीया महिलामा तथा अगष्ट २ मा पोखराकै ३६ वर्षीया महिलाको स्वाइन फ्लूकै कारण मृत्यु भएको छ ।

उनका अनुसार मृत्युको कारण स्वाइन फ्लू नै देखिएको छ । तर, केन्द्रिय प्रयोशालाबाट प्रमाणित हुन बाँकी छ । सामान्यतया पेन्डिेमिक इन्फ्लुएञ्जा तीन प्रकारका हुन्छन् । टाइप ए, बी र सी ।

टाइप ए र टाइप बी मौसमी इन्फ्लुएञ्जा भएकाले धेरै आत्तिनु नपर्ने महाशाखाको सुझाव छ । महाशाखा प्रमुख डा.आचार्यले भने ‘मौसमी इन्फ्लुएञ्जा मौसमी रुघाखोकी हो । यसले जटिलता ननिम्त्याउने भएकाले आत्तिहाल्नुपर्ने स्थिति छैन ।’

उनले सुंगुरबाट मानिसमा सार्ने भाइरस र यो भाइरस बेग्लाबेग्लै भएकोले प्राविधिक रुपमा यसलाई स्वाइन फ्लु भन्न समेत नमिल्ने उनले स्पष्ट पारेका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्