सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मासु पसलका कामदार अपहरीत, फिरौति २ लाख

ठूलो फिरौती रकम माग गर्न कुनै धनाढ्य व्यापारीलाई अपहरण भएका घटना धेरै सुनिन्छ तर, साउन १७ गते बेलुका धरानमा मासु पसलका सामान्य कामदारको अपहरण गरिएको छ । उनको अपहरणको घटना बाहिर आएसँगै धरानको माहोल बद्लिएको छ ।

धरान–१७ रेल्वेचोक नजिक रहेको विद्या टोलमा रहेको हजमुल मियाँको मासु वद्यशालामा काम गर्दै आएका प्रदिप भनिने प्रतिमान विश्वकर्माको अपहरण भएको बताइए पनि किन र के उद्देश्यका लागि सामान्य अपहरण गरिएको हो, सो बारे प्रहरी समेत आश्चार्यमा परेको छ ।

गत मंगलबार राति प्रतिमान आफैले प्रयोग गर्दै आएको मोबाइल नम्बर ९८११३०३९७३ बाट प्रतिमानले सबैभन्दा पहिले वद्यशाला सञ्चालक हजमुल मियाँलाई आफू अपहरणमा परेको जानकारी दिएका थिए । फोनमार्फत नै २ लाख रुपैयाँ लिएर राति १२ बजे इनरुवा आउन समेत उनले भनेको मियाँले बताए ।

हजमुलले भने–‘रातको करिब ९/१० बजेतिर हराएका प्रतिमानले नै प्रयोग गर्दै आएको नम्बरबाट मलाई फोन गरेर ‘म अपहरित भएँ’ भन्यो । त्यसबेला उसले चारजनाको समूहले आफूलाई रातो भेनमा राखी इनरुवा र्पुयाएको बताएको थियो ।’

अपहरित भएका भनिएका प्रतिमानले पुनः दोस्रो पटक फोन गर्दा आफू इनरुवासम्म पुगेको थाहा भएको र त्यसपछि अपहरणकारीले आँखा छोपेर लगेका कारण कहाँ कता लगे र अहिले आफू कुन ठाउँमा भएको थाहा नभएको बताएको हजमुलले दाबी गरेका छन ।

३६ वर्षिय विश्वकर्मा राति अवेरसम्म नआएपछि कहीँ कतै आफन्तकोमा गएका होलान् भन्ने ठानेकी उनकी श्रीमती सानु विश्कर्मा अपहरणमा परेको थाहा भएपछि चिन्ताले सताएको बताइन् । सानु विश्वकर्माले भनिन–‘अपहरणमा परेपछि पनि प्रतिमानको नम्बर अहिले पनि खुल्ला रहेको छ ।’

वद्यशाला सञ्चालक मियाँ र सोही वद्यशालामा काम गर्ने अर्का साथी राम सार्कीलाई पटकपटक फोन गरेर आफूलाई बचाउन आग्रह गदै फोन गर्ने गरेको राम सार्कीलाई उद्दृत गर्दै प्रहरीले बताएको छ । अपहरित भनिएका विश्वकर्माले साथी राम कार्कीलाई फोन गरेको आवाज सार्कीको मोवाइलमा रेकर्ड रहेको प्रहरीले बताएको छ ।

अपहरण भएको भनिएको भोलिपल्ट १८ गते बुधबार विश्वकर्माका फुूपूका छोरा भाइ सुमन गजमेरले खोजतलासी गरी पाउँ भन्दै इलाका प्रहरी कार्यालय धरानमा उजुरी समेत दिएका छन् ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढकेन्द्र थापाले अनुसन्धान भइरहेको र अपहरित विश्वकर्मा समक्ष पुग्न प्रहरीले अनुसन्धान गरिरहेको बताएका छन । उनले अपहरित विश्वकर्मासम्म नपुगुन्जेल घट्नाको सत्यता बाहिर नआउने बताएका छन ।

अपहरित व्यक्तिको फोन प्राय खुल्ला रहेपनि फोन गर्दा नउठ्ने तर अपहरितले बेलाबेला साथी राम सार्कीलाई फोनमार्फत आफ्नो बारेमा जानकारी गराउने गरेका कारण प्रहरीले घट्नासम्म पुग्नका लागि अपहरित विश्वकर्माका साथी राम कार्कीलाई समेत साथमा राखेर अनुसन्धान शुरु गरेको डिएसपी थापाले बताए ।

साभारः ईकान्तिपुरबाट ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्