सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भरतपुरको मतपरिणाम आयो, रेणु दाहाल अगाडी

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा शुक्रबार भएको चुनावको पहिलो मतपरिणाम सार्वजनिक भएको छ । शुक्रबार भएको वडा नं. १९ को ४०१ मत गणना गर्दा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन् ।

पहिलो मतपरिणाम सार्वजनिक हुँदा उनले २ सय ४ मत प्राप्त गरेकी छिन । प्रतिस्पर्धी एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीको १ सय ४५ मत आएको छ ।

पहिलो चरणको निर्वाचनको मतगणनाका क्रममा माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछी भएको विवादमा निर्वाचन आयोग र अदालतले पुनः मतदान गर्ने निर्णय सुनाएका थिए ।

मतदान सकिएपछि बसेको सर्वदलिय बैठकले शुक्रबार रातीबाटै मतगणना सुरु गर्ने निर्णय गरेका थिए । मतगणनास्थलमा एउटा पार्टीबाट ९ जना प्रतिनिधि छन् । चार समुहमा बाँडेर मतगणना भइरहेको छ ।

भरतपुर १९ मा ३ हजार ७ सय ९७ मतदाता मध्ये २ हजार ८ सय ७० मत खसेको छ । पहिलो चरणको निर्वाचनमा भन्दा २७ मत कम खसेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

पहिलो चरणको निर्वाचनमा भरतपुर १९ मा २ हजार ८ सय ९७ मत खसेको थियो । महानगरमा २९ वडा वडा छन । ति मध्ये २७ वटा वडाको मतगणना सकिइसकेको छ । भरतपुरमा अब वडा नम्बर १९ र २० को मतगणना बाँकी छ ।

मतगणना भईसकेका २७ वडाको मतपरिणाम अनुसार एमाले उम्मेदवार ज्ञावलीको ४० हजार ९ सय ८० मत थियो । माओवादी केन्द्र र नेपाली कांग्रेसकी संयुक्त उम्मेदवार दाहालको ४० हजार १ सय ९४ मत आएको थियो ।

 

फेसबुकबाट कमेन्ट गर्नुहोस्