भरतपुरको पछील्लो अपडेट, रेणु २२१ मतले पछाडी
भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को मत गनिसक्दा एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले अघिल्लो पटक पाएको मत पनि ल्याएका छैनन ।
रेणु दाहालले कांग्रेसका ‘रूष्ट’ मत र एमालेका पनि केही मत तान्न सफल भएको देखिएको छ । वडा नम्बर १९ को मत गनिसक्दा देवी ज्ञवाली केवल २२१ मतले मात्र अगाडी छन ।
वडा नम्बर १९ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । कांग्रेसका वडाध्यक्षका उम्मेद्वार कर्णबहादुर गुरूङले १४७६ मत पाएर विजयी भएका छन भने एमालेका प्रकाश तामाङले १०९७ मत पाएका छन् ।
वडा नम्बर १९ मा एमालेका वडाध्यक्षले पाएको मत भन्दा एमालेका मेयर देवी ज्ञवालीले पाएको मत १३१ कम हो । यही वडाबाट देवी ज्ञवालीले ९६६ मत पाएका छन ।
यस्तै नेपाली कांग्रेसका वडाध्यक्षको भन्दा माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहालले ५३ मत बढी पाएकी छन । उनले यो वडाबाट १५२९ मत पाएकी छिन । यसअघि वडाध्यक्षमा कांग्रेस र माओवादीलाई मत हालेका १६१ मतदाताले रेणुलाई मत दिएका थिएनन् ।
वैशाख ३१ को चुनावमा वडा नम्बर १९ को १८ सय मत गन्दा देवी ज्ञवालीले पाएको मत र वडाध्यक्षका एमाले उम्मेद्वारले पाएको मत लगभग बराबर थियो । १८ सय मतमा ज्ञवालीले ६ सय ६१ मत पाएका थिए भने वडाध्यक्षका उम्मेदवार तामाङले ६ सय ५५ मत पाएका थिए ।
रेणुले यसपाली वडा नम्बर १९ बाट मात्र १५२९ मत ल्याएकी छिन भने देवीले ९६६ मत पाएका छन । जबकी अघिल्लो पटक १८ सय मत गन्दा नै देवीले ६६१ मत पाएका थिए ।
यसरी रेणुले १९ नम्बर वडामा यसपालीको मतदानमा आफ्नो पक्षमा मत धेरै मत बढाएको भए पनि यो वडाको मत गनिसक्दा उनले देवीसँगको अन्तर पूर्ति गर्न सकेकी छैनन् ।
वडा नम्बर १९ को मत गनिसक्दा रेणु र देवीको मतअन्तर २२१ मा झरेको छ । यो अन्तर पनि पूर्ति गरेर जित्नका लागि रेणुले २० नम्बर वडामा भर पर्नुपर्नेछ । २० नम्बर वडाको मत अघिल्लो पटक पनि गनिएको थिएन । त्यो वडामा कसको कति मत छ भन्ने थाहा छैन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्