भरतपुरमा रेणु ५७ मतले अगाडी, गन्न १ हजार बाँकी
भरतपुर महानगरपालिकामा करिव एक हजार मत गणना गर्न बाँकी रहँदा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन् । कांग्रेसको समेत समर्थन पाएकी उनले एमाले उम्मेदवार देवी ज्ञवालीले भन्दा ५७ मत बढी पाएकी छन् ।
रेणुको मत ४२ हजार ५८९ छ भने देवी ज्ञवालीको मत ४२५३२ रहेको छ । वडा नम्बर १९ को गणना गर्नुअघि देवीको अग्रता ७८४ थियो । १९ नम्बर वडाको झण्डै १८ सय मत गणना भइसकेको बेला माओवादी प्रतिनिधिले जेठ १४ गते मतपत्र त्यातिएका थिए ।
सर्वोच्च अदालतको फैसलापछी निर्वाचन आयोगले त्यो वडाको सबै मत बदर गर्दै शुक्रबार १९ नम्बर वडामा पुनः मतदान गराएको थियो । पुन मतदानमा अघिल्लो पटक भन्दा ११ मत बढी २८७१ मत खसेको थियो ।
माओवादी उम्मेदवार रेणुले अघिल्लो पटक भन्दा बढी भोट पाएकी छिन । जसका कारण १९ वडाको गणना सकिँदा एमाले उम्मेदवार देवीको अग्रता २२१ मा झरेको थियो ।
वडा नम्बर २० को २ हजार मत गणना गर्दा एमाले उम्मेदवार देवीलाई पछि पार्दै रेणु ५७ मतले अगाडि रहेकी छिन । अब वडा नः २० को ३३०२ मध्ये करिव १ हजार मत मात्र गणना गर्न बाँकी छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्