भरतपुर महानगरको नेतृत्व रेणु र पार्वतीको हातमा
निर्वाचन भएको करिब तीन महिनापछी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाल भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएकी छिन् । उपमेयरमा पनि कांग्रेस–माओवादी गठबन्धनकी उम्मेद्वार विजयी भएकी छिन ।
कांग्रेस–माओवादी गठबन्धनकी संयुक्त उम्मेद्वार रेणु दाहालले प्रतिद्वन्द्वी एमालेका उम्मेद्वार देवी ज्ञवालीलाई २०२ मतले हराउँदै भरतपुर महानगरपालिकाको पहिलो महिला मेयरका रुपमा निर्वाचित भएकी हुन ।
शुक्रबारको मतदानपछी भएको मतगणनामा रेणु दाहालले ४३ हजार १ सय २७ मत ल्याएर विजयी भएकी हुन । उनका प्रतिद्वन्दि एमालेका उम्मेद्वार देवी ज्ञवाली ४२९२५ मत ल्याएर पराजित भएका छन ।
यस्तै उपमेयरमा नेपाली कांग्रेसकी पार्वती शाह विजयी भएकी छिन । कांग्रेस–माओवादी गठबन्धनकी संयुक्त उम्मेद्वार शाहले ४७ हजार १ सय ९७ मत ल्याएर एमाले उम्मेद्वारलाई हराउँदै उपमेयरमा विजयी भएकी हुन ।
देशका ५ ओटा महानगरमध्ये मेयर र उपमेयर दुवै पदमा महिला उम्मेद्वार निर्वाचित हुने भरतपुर एक मात्रै महानगरपालिका हो । भरतपुर महानगरपालिकामा पहिलो चरणमा करिब तीन महिना पहिले बैशाख ३१ गते निर्वाचन भएको थियो ।
वडा नम्बर १९ को मतगणनाको क्रममा गत जेठ १४ गते मध्यराति माओवादी कार्यकर्ताहरुले मतपत्र च्यातेपछि गणना स्थगित गरिएको थियो । मतपत्र च्यातिएपछि सो वडाका सबै मत बदर गर्दै निर्वाचन आयोगले सर्वोच्चको आदेश बमोजिम साउन २० गते पुनः मतदान गराएको हो ।









फेसबुकबाट कमेन्ट गर्नुहोस्