सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

श्रीमतीसँग रंगेहात भेटेपछी दुई मुक्का हानेको मरेछन

दुई हप्ता अघि धादिङमा भएको प्रहरीको असई हत्या प्रकरणका आरोपी सुशिल गुरुङ्गले आफ्नी श्रीमतीसँग राति यौन सम्बन्ध राखिरहेको अवस्थामा रंगेहात भेटेपछी आफुले २ मुक्का हानेको बयान दिएका छन ।

धादिङ्गको खनियाबास गाउँपालिका अन्र्तगत दार्खामा रहेको प्रहरी चौकीका असई बीर बहादुर गुरुङको रहश्यमयी ढंगबाट हत्या भएको घटनामा संलग्न रहेको भन्दै प्रहरीले खोजी गरेपछि आत्मसमर्पण गरेका गुरुङले यस्तो बयान दिएका हुन ।

असई बीर बहादुरको हत्या पश्चात बिभिन्न प्रश्नहरु समेत उब्जिरहेका बेला उक्त हत्या प्रकरणको मुख्य आरोपी शान्तालाल भनिने सुशील गुरुङले प्रहरी समक्ष आत्मसमर्पण गरेपछि यस्तो रहस्य खुलेको हो ।

हिरासतमा रहेका सुशीलले आफुले आवेशमा आएर २ मुक्का र बाँसको अगुलोले प्रहार गरेको स्विकार गरेका छन् । सुशीलका अनुसार उनकी श्रीमति र मृतक असई बीर बहादुर गुरुङबीच यौन सम्बन्ध भईरहेको देखेपछि उक्त घटना भएको थियो ।

‘म घरमा आउँदा बुढीसँग आपत्तिजनक अवस्थामा देखेँ । त्यस्तो देखेपछि रिस कसलाई उठ्दैन र ? मैले भगाउने हिसाबले हानेको थिएँ । उहाँ भाग्नुभयो । मैले मान्छे पनि चिनेन । त्यो भन्दा अगाडी नै मेरो बुढी भागिसकेछ,’ उनले भने–‘खोजतलास गरेँ बुढी भेटाईन । मैले भोलीपल्ट मात्र मान्छे मरेको कुरा थाहा पाएँ । पुलिसको मान्छे मरेको रहेछ थाहा नै भएन ।’

प्रहरीले घटनास्थल दार्खा पुगेरै अनुसन्धान गरेपछि सई गुरुङको हत्याको आरोपमा सुशीलकी श्रीमती तारा गुरुङलाई पनि पक्राउ गरेको थियो । घटना भएको एक हप्तापछि हत्या आरोपी सुशील प्रहरीमा आत्मसपर्मण गर्न पुगेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS