सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अमेरिकामाथी आक्रमण गर्ने उत्तर कोरियाको तयारी

उत्तर कोरियाले प्रशान्त महासागरमा रहेको अमेरिकी भूभाग ग्वाममा मिसाईल आक्रमण गर्ने योजनामा विचार भइरहेको दाबी गरेको छ । उत्तर कोरियाका अधिकारीहरुले त्यहाँको समाचार संस्थालाई औपचारिक धारणा दिँदै सो विषयमा गम्भिरताका साथ छलफल भइरहेको बताएका थिए ।

मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाबाट अमेरिकालाई कुनै खतरा महसुस भए त्यसको भयानक जवाफ दिइने बताएका थिए ।

यसैबीच अमेरिकी विदेशमन्त्री रेक्स टिलेर्सन ग्वाम पुगेका थिए । ग्वाममा अवतरण गरेर उनले त्यहाँ उत्तर कोरियाबाट कुनै खतरा नरहेको सन्देश दिन खोजेको बताइएको छ । ग्वाममा अमेरिका सैन्य बेस र वायू सेनाका अत्याधुनिक विमानहरु रहेका छन् ।

उता चीनले भने अमेरिका र उत्तर कोरियालाई शान्त रहन आग्रह गरिरहेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्