सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

हिमालयको एयरलाईन्सको साउदीमा दैनिक फ्लाईट

हिमालय एयरलाइन्सले भदौ १६ गतेबाट दशैं तिहारको अवसरमा साउदीको दमाममा दैनिक सिधा उडान गर्ने घोषणा गरेको छ । नेपालीहरुको लागि साउदी अरब वैदेशिक रोजगारको प्रमुख गन्तव्य हो । साउदीमा अहिले करिब ५ लाख नेपाली रहेको अनुमान छ ।

दैनिक सिधा उडानले साउदीमा बस्ने नेपालीहरुको लागि दशैं र तिहारका बेला घर आउन सहज हुने कम्पनीको विश्वास छ । हिमालयको उडानबाट दमाम र काठमाडौं यात्रा गर्ने हजारौँ यात्रको समय र पैसा दुवैको वचत हुनेछ ।

दैनिक उडान संचालन गर्ने हिमालय एयरलाइन्सको विमान उडान नम्बर एच ९५५९ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंबाट राति १०ः३० बजे प्रस्थान गरी किङ्गफाद अन्तराष्ट्रिय विमानस्थल दमाममा अर्को दिनको बिहान १२ः५० मा अवतरण गर्नेछ ।

त्यसैगरी उडान नम्बर एच ९५६० किङ्गफाद अन्तराष्ट्रिय विमानस्थल दमामबाट विहान १ः५० बजे उडेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डौमा विहान ०९ः१५ मा अवतरण गर्नेछ ।

हिमालय एयरलाईन्सले काठमाडौं–दमाम–काठमाण्डौको लागि शुरुवाती टिकट दर करबाहेक एकतर्फीको २३ हजार ८ सय र दुईतर्फी ३८ हजार कायम गरेको छ ।

त्यसैगरी दमाम–काठमाडौं–दमामको शुरुवाती टिकट दर कर बाहेक एकतफीको ८५० साउदी रियाल र दुईतर्फीको १ हजार ३६० रियाल कायम गरिएको छ ।

दुवै मार्गहरुमा बिजनेस क्लासको लागि ४० केजी र इकोनोमीक क्लासको लागि ३० केजी ब्यागेज अलाउन्स निःशुल्क गरिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS