सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पर्सामा सडकको खाल्डोमा डुबेर बालिकाको मृत्यु

पर्साको हनुमाननगरमा सडकको खाल्डोमा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । सुवर्णपुर गाँउपालिका वडा नम्बर २ को हनुमाननगरमा सडकमा जमेको पानीमा डुबेर ८ वर्षीया बालिका कृपा बस्नेतको मृत्यू भएको हो ।

हनुमाननगरमा निर्माण भइरहेको बाटोको खाल्डोमा जमेको पानीमा डुबेर बालिकाको ज्यान गएको हो । राहतसहित ठोरी पुगेको हेलिकप्टर हेर्न जाने क्रममा बालिका बस्नेत पानीमा डुबेकी हुन ।

इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक लोकेन्द्र सिहं गुरुङले बालिकाको सडकमा जमेको पानीमा डुबेर मृत्यु भएको पुष्टि गरेका छन । उनी ठोरी एकेडेमीमा कक्षा २ मा अध्यनरत रहेको बताईएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्