विदेशका पती सपनामा आएर श्रीमती गर्भवती
एजेन्सी । ‘सपनामा आउँथे पति, जसकारण म गर्भवती भएँ ।’ यो भनाई भारतको बिहारस्थित भागलपुरकी एक महिलाको रहेको छ । जगदीशपुर थाना क्षेत्रकी एक महिला गएको शनिबार भागलपुर जोनका डीआइजी विकास वैभवसँग भेट भइन् र उनले बताइन् की उनको भाई पछिल्लो सात महिलादेखि कोलकातामा रहँदै आएका छन् भने यता उनकी भाउजु गर्भवती भएकी छन् ।
तर कसरी ? महिलाले डीआइजी विकाश वैभवसँग आफ्नो भाउजुको पेटमा हुर्किरहेको शिशुको डीएनए जाँचको माग गरेकी छन् । महिलाका अनुसार उनको ठूलो दाजुको बिहे भएको पाँच वर्ष भएको छ । उसको दुई वर्षीया छोरी पनि रहेकी छिन् ।
सात महिना पहिले उसको दाजु कमाई गर्नका लागि कोलकाता गएका थिए । जब ९ सेप्टेम्बरमा घर फर्किए तब उसलाई थाहा भयो की उसको श्रीमती तीन महिनाको गर्भवती रहेकी छन् ।
महिलालाई गर्भवती भएको थाहा भएपछि घरपरिवारले उनलाई घरमा राख्न अस्वीकार समेत गरेका छन् । महिलाको नन्दको आरोप रहेको छ की सबै थाहा भएपछि पनि उसकी भाउजुलाई घरपरिवारले धम्की दिएका छन् की उसलाई घरमै राख्नुपर्छ नत्र उनले झुटो केशमा सबैलाई फँसाउनेछिन् ।
मिडिया रिपोर्ट अनुसार जब घरपरिवारले महिलालाई राख्न तयार भएनन् तब गाउँमा पञ्चायत बस्यो । यसैक्रममा जब महिलालाई सोधियो की उसको कोखमा हुर्किरहेको बच्चा कसको हो ? तब उनले बताइन् की उक्त बच्चा आफ्नै श्रीमानको रहेको छ ।
यसको पछाडि उनले तर्क दिइन् की उसको पति सपनामा आउने गर्थे जसकारण उनको गर्भ बस्यो । यद्यपी जाँचपछि भने महिलाको मोबाइलमा एक पुरुषको नम्बर रहेको थियो । बताइएको छ की उनै पुरुषसँग महिलाको अबैध सम्बन्ध रहेको थियो र उक्त गर्भमा रहेको शिशु पनि उसकै हुनसक्ने आशंका गरिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्