तोचीगीबाट नेपाल पैसा पठाउँदा शुल्क नलाग्ने
जापानबासी नेपालीहरुको बिचमा नम्बर एक बन्न सफल रेमिट्यान्स कम्पनी सिटि एक्सप्रेस मनि ट्रान्सफरले भोली शनीबार तोचिगी सेन्टरको भब्य उद्घाटन गर्दैछ ।
सिटि एक्सप्रेसले शनिबार देखी नै तोचिगीसीस्थित खावाईच्योबाट आफ्नो कारोबार सुरु गर्दैछ । साथै नेपाल जान आउन प्लेन टिकटका लागी सिटि ट्राभलको सेवा पनि एकै ठाउँबाट सुरु हुने भएको छ ।
उद्घाटनको अवसरमा सिटि एक्सप्रेसले भोली देखी दशैँको अवधीसम्म पैसा पठाउन शुल्क नलाग्ने बताएको छ । दशैँसम्म तोचिगी केन्द्रबाट जति पटक पैसा पठाएपनि कुनै शुल्क नलाग्ने सिटि एक्सप्रेसले जनाएको छ ।
सिटि एक्सप्रेस मनि ट्रान्सफरले यसअघि पनि तोचिगीमा क्याम्पिङ गरेको थियो । टोक्योमा मुख्य कार्यालय रहेको सिटि एक्सप्रेसले यसअघि फुकुओका र नागोयामा शाखा खोलीसकेको छ ।
सिटि एक्सप्रेसले सेवा केन्द्र विस्तारसँगै तोचिगीमा पर्चा पम्पलेट र प्रचारप्रसारलाई व्यापक बनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्