सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

थोत्रो गाडी पठाएको भन्दै भूमिसुधार मन्त्रीको हंगामा

भूमिसुधार मन्त्री गोपाल दहितले दाङमा बबाल मच्चाएका छन् । मन्त्री दहितले आफू जिल्ला आउँदा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखले आफ्नो मान सम्मान नगरेको भन्दै उनीहरुलाई हप्काउनुका साथै गालिगलोज समेत गरेका छन ।

श्रोतका अनुसार मन्त्री दहितले प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय दाङकी प्रमुख (एसपी) दुर्गा सिंहलाई आफू जिल्ला आउँदा स्वागत गर्ने भीड जम्मा नगरेको तथा लग्जरियस (आरामदायी) गाडीको व्यवस्था नगरेको भन्दै थर्काएका हुन् ।

मन्त्री दहित आईतबार नेपालगञ्ज हुदै दाङ पुगेका हुन् । मन्त्री जिल्लामा आउने खवरपछि प्रमुख जिल्ला अधिकारीले मन्त्री दहितलाई एउटा सामान्य गाडी पठाएका थिए । दाङका कमलरीहरुलाई परिचयपत्र वितरण गर्ने कार्यक्रममा उनी सिडियो र प्रहरी प्रमुख बिरुद्ध एकाएक कड्किएका थिए ।

उनले सार्वजनिक कार्यक्रममै प्रमुख जिल्ला अधिकारीलाई थोत्रो गाडी पठाएर आफ्नो अपमान गरेको भन्दै आफू राजधानी फर्केपछि मन्त्रिपरिषदमै कुरा उठाउने र सिडिओको सरुवा नै गरिदिने धम्की दिएका थिए ।

गृह श्रोतका अनुसार मन्त्रीले हप्काएपछि प्रमुख जिल्ला अधिकारीले तत्कालै गृहमन्त्रालयमा जानकारी समेत गराएका थिए । तर, गृह मन्त्रालयले मन्त्रीको सम्मानमा भन्दा पनि बाढीपीडितको राहतमा ध्यान दिन सुझाव दिएको थियो ।

तत्कालीन थरुहट तराई पार्टी नेपालका नेता उनले केहि पहिलेमात्रै विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमसँग पार्टी एकता गरेका थिए । पार्टी एकीकरणपछि उनी लोकतान्त्रिक फोरमबाट मन्त्री भएका हुन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्