सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

साढे ३३ किलो सुनकाण्डका नाईकेलाई नेपाल ल्याईयो

गत पुस २१ गते त्रिभुवन विमानस्थलमा प्रहरीले फेला पारेको ३३ किलो सुन तस्करीका मूख्य आरोपी राजनप्रसाद पन्तलाई प्रहरीले दुबईबाट नेपाल ल्याएको छ ।

केन्द्रिय अनुसन्धान व्युरोले रेड कर्नर नोटिस जारी गरेपछी पन्तलाई दुबई पुलिसले पक्राउ गरेको थियो । नेपाल प्रहरीको ईन्टरपोल महाशाखाकी एसपी किरण बज्राचार्यका अनुसार पन्त ७० दिन दुबई प्रहरीको हिरासतमा बसेका थिए ।

दुबईको कानुन अनुसार कारबाही गरेपछि दुबई प्रहरीसँग समन्वय गरेर उनलाई सोमबार नेपाल ल्याईएको हो । पन्तले दुबईमा बसेर सुन तस्करी गर्दै आएको केन्द्रीय अनुसन्धान ब्यूरोको दाबी छ ।

सीआइबीले गत पुस २१ गते बिमानस्थलबाट बाहिरिएको ३३ किलो बढी सुनसहित गोपालबहादुर शाही, दिलबन्धु थापा, सन्तोष काफ्लेलाई पक्राउ गरेको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्