सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कर्मचारीलाई सबैभन्दा धेरै बोनस दिनेमा प्राईम बैंक

वाणिज्य बैंकहरुले कर्मचारीहरुलाई बोनसको रुपमा कुल ६ अर्ब ११ करोड रुपैयाँ वितरण गरेका छन् । बाँडिएको बोनस रकम कुल कर्मचारी खर्चको ९ देखि ७५ प्रतिशतसम्म हुने गरेको देखिएको छ ।

कर्मचारीहरुलाई सबैभन्दा धेरै बोनस सरकारी स्वामित्वका नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि बिकास बैंकले बाँडेका छन । त्यसैगरी निजी क्षेत्रका ग्लोबल आइएमई र एभरेष्ट बैंकले पनि कर्मचारीलाई बोनस रकम बाँडेका छन ।

उल्लेखीत बैंकहरुले कर्मचारीलाई ३६ करोड देखि २८ करोड रुपैयाँसम्म बोनस दिएका छन् । कुल कर्मचारी खर्चको तुलनामा बोनस अनुपात भने प्राइम बैंकको उच्च रहेको छ । बैंकले कुल कर्मचारी खर्च २८ करोड ११ लाख रुपैयाँको ७५ प्रतिशत रकम बोनस दिएको छ ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंक, नबिल बैंक र सानिमा बैंकको पनि बोनस अनुपात उच्च रहेको छ । यी सबै बैंकको बोनस अनुपात कुल कर्मचारी खर्चको ५० प्रतिशत माथि रहेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्