‘जनसत्ता’का लिखत पास गर्न १५ दिने ‘अल्टिमेटम’
‘जनसत्ता’ले पास गरेका घर जग्गा वैधता दिई सो अनुरुप मालपोत कार्यालयबाट पास गर्न गराउन जग्गाधनीलाई रुकुमको बाँफिकोट गाउँपालिकाले १५ दिने अल्टिमेटम (समयावधि) दिएको छ ।
जग्गा लिने दिने दुवै पक्षसँग छलफल गरी बाँफीकोट गाउँपालिकाले यस्तो अल्टिमेटम दिएको हो । ‘१५ दिनभित्र जग्गा पास नभए पुनः छलफल गर्छौं,’ गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले भने–‘त्यसपछि पनि भएन भने गाउँपालिकाबाट पाउने सम्पूर्ण सेवा सुविधा कटौती गर्छौं ।’
गाउँपालिकाको निर्णय कार्यान्वयनमा नआए कडा निर्णय गर्ने उनले चेतावनी दिएका छन । जनसत्ताका लिखतलाई तत्काल कार्यान्वयन नगर्न नगराउन सर्वोच्च अदालतले फैसला गरेको थियो ।
नयाँ कानून नै नबनाई यसरी गाउँपालिकाको दबाबमा उक्त विषय जबर्जस्ती कार्यान्वयनमा ल्याउँदा कानून विपरीत हुने कानून व्यवसायी शिवराम खत्रीले बताएका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्