सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

क्षेप्यास्त्र परिक्षणपछी उत्तर कोरियाली सिमानामा बम

उत्तर कोरियाले जापानी आकाश हुँदै समुद्रमा क्षेप्यास्त्र प्रहार गरेपछि त्यसको प्रतिक्रिया स्वरुप दक्षिण कोरियाले सीमाक्षेत्रमा ८ ओटा बम खसाएको छ । उत्तर कोरियाले मंगलबार बिहान ६ बजे मध्यम दूरीको क्षेप्यास्त्र परीक्षण गरेको घण्टाभरमै दक्षिण कारियाले सो बम खसाएको हो ।

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले चार ओटा एफ–१५के लडाकु विमानबाट ८ ओटा एमके ८४ बम खसाइएको जनाएको छ । सो बम दक्षिण कोरियाको उत्तरपूर्वी गंगवन प्रान्तमा सीमानजिकै खसाइएको हो ।

एमके ८४ बमको तौल ९ सय किलोग्रामभन्दा बढी हुने बताइएको छ । खसाइएको सबै बम ठीक निसानामा परेको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जनाएको छ । उत्तर कोरियाको पछिल्लो क्षेप्यास्त्र परीक्षणपछि कोरियाली प्रायद्वीपमा थप तनाव बढ्ने आशंका गरिएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प र जापानी प्रधानमन्त्री आबेबीच टेलिफोन वार्ता

उत्तर कोरियाले जापानलाई लक्षित गरी मिसाइल परीक्षण गरे पश्चात् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री शिन्जो आबेबीच करिब ४० मिनेट लामो फोन वार्ता भएको छ ।

करिब ४० मिनेट लामो फोनवार्ता पश्चात् उत्तर कोरियाको विषयमा छलफल गर्नका लागि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक बोलाउने निष्कर्षमा दुवै नेता पुगेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्