सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

अबैध १४ किलो सुनसहित ७ जना पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले ठूलो मात्रामा अवैद्य सुन सहित ७ जनालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–१ का पेम्वा दोर्जे शेर्पालाई १४ किलो सुनसहित सामाखुसीबाट पक्राउ गरेको हो ।

तातोपानी र केरुङ नाका हुँदै सुन तस्करी गरी भारतसम्म पुर्याउने धन्दामा सक्रिय रहेको सूचनाका आधारमा टोखा नगरपालिका–११, सामाखुशीस्थित शेर्पाको डेरा खानतलासी गर्दा दराजमा लुकाएको १४ किलो अवैध सुन बरामत गरिएको सीआईबीले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

साथै उनको समूहले भारतमा पैठारी गर्न लागेको १ केजी सुनसहित ४ जनालाई धनुषाबाट नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ । अबैद्य सुन तस्करमा संलग्न भएको आरोपमा सीआईबीले भक्तपुरको सूर्यविनायक–७ सिरुटारका ३८ वर्षे दिपेन्द्र थापा, काठमाडौं–१० वानेश्वर वस्ने ३९ वर्षे सरोज थापा, काभ्रे पाँचखाल–१ वस्ने ३८ वर्षे विष्णु गौतम, भक्तपूर सुर्यविनायक–७ का ३४ बर्षे राजेन्द्र खत्री, सोही ठाउँ वस्ने ३४ वर्षकै रविन खत्री र जनकपुर–७ का ३८ वर्षे दीपक कुमार साहलाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुबाट बा १० च ४१९३ नं. को गाडी, बा ८० प नं. को स्कुटर, ६ वटा १०० दरका ६०० अमेरिकी डलर र ११९९ चाइनिज युयान नोट समेत बरामद गरिएको सीआईवीले जनाएको छ । सीआईवीले प्रारम्भिक अनुसन्धानबाट उनीहरुले संगठित रुपमा सुन तस्कर गर्ने गरेको पाइएको जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरुले २२ किलो सुन चीनबाट नेपाल भित्र्याएर केही समय गोदाम गरी विभिन्न ठाउँमा सप्लाई गरेको पाइएको सीआईवी प्रमुख डीआईजी पुस्कर कार्कीले पत्रकार सम्मेलनमा जानकारी दिएका छन ।

१५ किलो बरामद भइसकेको भन्दै कार्कीले बाँकी ७ किलो सुन पनि विभिन्न स्थानमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको भन्दै बरामद गरिने बताएका छन । ‘१४ किलो सामाखुसीबाट र एक किलो जनकपुरबाट पक्राउ गरिएको छ,’ उनले भने,‘बाँकी केही सुन काठमाडौंमै रहेको र २ किलो दक्षिण (भारत) सप्लाई भइसकेको बुझिएको छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS