सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

दशैँमा घर जान भदौ २२ गतेबाट टिकट बुकिङ खुला

नेपालीहरुको सबैभन्दा ठुलो पर्व दशैंका लागि घर जानेहरुका लागी भदौ २२ गतेदेखि बसको टिकट अग्रिम बुकिङ खुल्ला हुने भएको छ । आज उपभोक्ताकर्मी, बिभागका कर्मचारी र व्यवसायीबीच भएको छलफलमा भदौ २२ देखि बुकिङ सुरु गर्ने सहमति भएको हो ।

राजधानी काठमाण्डौबाट बाहीर जाने मध्यम र लामो दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गर्न लागिएको हो । हरेक वर्ष सर्वसाधारणको सुविधाका लागि दशैंअघि राजधानी छाड्नेहरुलाई अग्रिम टिकट बुकिङको सुविधा दिने गरिएको छ ।

यातायात व्यवसायीले भने छतमा सामान राख्न पाउनुपर्ने लगायतका माग राख्दै टिकट बुकिङ खुला गर्ने निर्णयमा सहमति जनाएका छैनन् । यात्रुवाहक सवारीले धेरै तौलका सामान बोक्दा त्यसले दूर्घटना बढाएको भन्दै सरकारले छत नै हटाउने निर्णय गरेको थियो ।

वैकल्पिक व्यवस्था नगरी सरकारले छत हटाउने निर्णय गरेको भन्दै व्यवसायीले छत हटाउने निर्णयमा सहमति जनाउन मानेका छैनन् । यसपाली दशैँमा झण्डै २५ लाख यात्रु र दैनिक औषत ७ हजार सवारी उपत्यकाबाट बाहिरिने अनुमान छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्