सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

गन्ट्याङगन्ट्याङ बाटो हुँदैन, सुलुलु चल्ने रेल आउँछ

एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंबाट पोखरासम्म एक घण्टामै रेलमा सुलुलु आईपुग्ने बताएका छन् । ‘तेश्रो सराङ्कोट पर्यटन महोत्सव’को उद्घाटन कार्यक्रममा बोल्दै ओलीले काठमाडौं–पोखरा रेलमार्गको काम सुरु भइसकेको र केही वर्षभित्रै सञ्चालनमा आउने समेत दाबी गरेका छन ।

‘काठमाडौंबाट पोखरासम्म आउन अहिलेको जस्तो गन्ट्याङ र गुन्ट्याङ बाटो हुँदैन, सुलुलु चल्ने रेल आउँछ ।’ ओलीले भने, ‘रेल निर्माणमा केही ढिलाई भएपनि यो कुनैपनि हालतमा आउँछ, कसैले पनि रोक्न सक्दैन ।’

उनले देशमा गरिबी हटाएर समृद्ध बनाउन औद्योगिकरण, कृषिलाई आधुनिकिकरण गर्नुका साथै रेल, केवलकार लगायतको तीव्र विकास गर्नुपर्नेमा जोड दिएका छन । ओलीले भने–‘यो देशलाई अब पनि गरिब बनाइ राख्न मिल्दैन र हुँदै हुँदैन ।’

उनले चरा र मुसाले जस्तो भरे के खाउँ ? भोलि के खाउँ ? भनेर नेपाली जनताले चिन्तित भएर सोच्न नपर्ने किसिमको समृद्ध नेपाल निर्माण गर्नुपर्ने बताएका छन ।

पोखरामै भएको पार्टी प्रवेश कार्यक्रममा ओलीले अन्य पार्टीहरू जतिसुकै मिलेर आए पनि एमाले एक्लै लड्न तयार रहेको बताएका छन । ओलीले निर्वाचन आयोगले पक्षपात गरेको आरोप समेत लगाएका छन ।

‘एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सुर्य चिन्ह अंकित टोपी लगाउँदा २४ घण्टे अल्टिमेटम दिने,’ उनले भने—‘एमालेको कार्यक्रममा ढुङ्गा, मुढा गर्दा आचारसंहिता लागेको आयोगले नदेख्ने ?’ ओलीले एमालेलाई कसैले पनि दोस्रो पार्टी बनाउन नसक्ने दाबी गरेका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS