प्रदेश नं.२ मा एमालेका उम्मेद्वारहरुको नामावली
प्रदेश नं.२ मा हुन लागेको निर्वाचनका लागी एमालेले १३६ मध्ये ११० स्थानीय तहका उम्मेद्वारको नाम सार्बजनिक गरेको छ । मंगलवार पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी एमालेले ११० स्थानीय तहका प्रमुख र उपप्रमुखका उम्मेदारहरुको नाम घोषणा गरेको हो ।
एमालेले धनुषामा भने उम्मेदवार छान्न सकेको छैन । जनकपुर उपमहानगरपालिका सहित २० स्थानीय तहका उम्मेद्वार मंगलवार रातिसम्म तय गरिने एमाले महासचिव ईश्वर पोखरेलले पत्रकार सम्मेलनमा जानकारी दिएका छन ।
अन्य केही स्थानीय तहमा पनि उम्मेदवार चयन हुन बाँकी छ । निर्वाचन आयोगले प्रदेश नं. २ को स्थानीय चुनावका लागि भोलि हुने उम्मेदवारी दर्ताको सबै तयारी पूरा भएको जनाएको छ । निर्वाचन आयोगले उम्मेद्वारी दर्ताका लागि विहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय तोकेको छ ।
प्रदेश नं. २ का १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाँउपालिका गरी १ सय ३६ स्थानीय तहमा ६ हजार ६ सय २७ जनप्रतिनिधी निर्वाचित हुनेछन् । निर्वाचनका लागि ३१ हजार बढि कर्मचारी परिचालन हुने आयोगले जनाएको छ ।
आयोगले निर्बाचनका लागि ३ हजार ५ सय ७८ मतदान केन्द्र तय गरिएको जनाएको छ । प्रदेश नं. २ का ८ जिल्लामा हुन लागेको तेश्रो चरणको स्थानीय तहको निर्वाचनमा आयोगले ४४ संस्थाका करिब २ हजारभन्दा बढी पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षणको अनुमती दिएको छ ।
यस्तै विदेशी कुटनीतिक नियोगका प्रमुखलाई जनकपुर, बर्दिबास, बीरगञ्ज र सिमरामा मतदान अवलोकन भ्रमण गराउने भएको छ ।
हेर्नुहोस् प्रदेश नं. २ का एमाले उम्मेद्वारहरुको सुचि:
[pdfjs-viewer url=”http%3A%2F%2Feverestwall.com%2Fwp-content%2Fuploads%2F2017%2F09%2FUML-candidate-list.pdf” viewer_width=100% viewer_height=1360px fullscreen=true download=true print=true]
फेसबुकबाट कमेन्ट गर्नुहोस्