सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

निधीलाई प्रश्न–‘उत्तर कोरिया नेपालको दूश्मन हो ?’

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफूले उत्तर कोरिया भ्रमण गर्दा कांग्रेसले आपत्ति जनाएकोमा आश्चर्य प्रकट गरेका छन् । अनेरास्ववियुले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेपालले सरकारलाई जानकारी दिएरै आफू उत्तर कोरिया गएको बताएका छन ।

आफ्नो भ्रमणपति कांग्रेसका तत्कालिन कार्यवाहक सभापति बिमलेन्द्र निधीले आपत्ति जनाएको भन्दै नेपालले निधीलाई कुटनीति सिक्न सुझाव दिएका थिए । मन्त्री भइसकेको मान्छेले नबुझी प्रतिक्रिया दिनु राम्रो नहुने उनले बताएका छन ।

नेपालले भने–‘उत्तर कोरियासँग नेपालको कुनै दुश्मनी छैन । उत्तर कोरियाको दूतावास हाम्रो देशमा छ । म सरकारलाई जानकारी दिएरै गएको हो, परराष्ट्र मन्त्रालयले केही भनेको छैन । के उत्तर कोरिया नेपालको दूश्मन राष्ट्र हो ?’

फेसबुकबाट कमेन्ट गर्नुहोस्