‘मन्त्रीकै गुण्डा भए पनि छाडिन्न’–एआईजी लामा
प्रदेस नम्बर ५ का प्रहरी प्रमुख, अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मिङ्गमा लामाले आफ्नो कमाण्डमा रहेको प्रदेशमा गुण्डागर्दी अन्त्य गर्ने बताएका छन् ।
संघीय प्रहरी इकाई कार्यालय भैरहवाले बिहीबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एआईजी लामाले जस्तो सुकै आवरणमा हुने गुण्डागर्दी निर्मूल बनाउने प्रादेशिक प्रहरीले प्रथामिकतामा राखेर काम गर्ने बताएका हुन् ।
एआईजी लामाले भने, ‘मन्त्रीकै पार्टीकै गुण्डा भएपनि कारवाही हुन्छ । हामीलाई गुण्डागर्दी सहृय हुने छैन । ५ नम्बर प्रदेशबाट गुण्डागर्दीको अन्त्य हुन्छ ।’
यसका साथै लामाले ठगीका घटनाहरु पनि बढेको भन्दै प्रहरीले यसलाई पनि प्राथमिकतामा राखेर काम गर्ने बताएका छन । उनले प्रादेशिक प्रहरी भ्रष्टाचाररहित बन्ने उद्घोष गरेका छन ।
भ्रष्ट्राचार नियन्त्रण गर्न सबै भन्दा पहिला आफ्नो योजना प्रहरी कर्मचारीहरुमा रहेको भ्रष्टाचारी मानसिकतालाई निर्मूल पार्ने रहेको बताएका छन ।
पहिलेका प्रहरी र अहिलेको प्रहरीमा धेरै अन्तर आइसकेको बताउँदै एआइजी लामाले प्रदेश नम्बर ५ का प्रहरीलाई भ्रष्टाचारमुक्त प्रहरी बनाएर शून्य सहनशिलता अपनाउने प्रादेशिक प्रहरीको प्राथामिकतामा रहेको बताएका छन ।
उनले प्रदेश नम्बर ५ मा प्रहरी अतिरिक्त महानिरीक्षक बाहेक अन्य कोही पनि जनशक्ति नभएको हुँदा आफू मातहतका निकायबाट उपलब्ध जनशक्तिलाई नै क्रियाशील बनाई शान्ती सुरक्षा र अपराध नियन्त्रणमा सक्षम बनाउने बताएका छन ।
उनले मंसिर १० र २१ गते हुने निर्वाचनलाई समेत प्रहरीले बिगतमा झैँ यो निर्वाचनलाई पनि शान्तीपूर्ण र धाँधलिरहित वातावरणमा सम्पन्न गर्न प्रहरी कटिवद्ध भएर लाग्ने बताएका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्