सन् २०१९ बाट त्रिशुली थ्री ‘ए’को बिद्युत उत्पादन
चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप अफ कम्पनी (सीजीजीसी) ले निर्माण गरिरहेको त्रिशुली थ्री ‘ए’ को सुरुङ खन्ने काम लगभग अन्तिम चरणमा पुगेको छ ।
भूकम्पका कारण झन्डै २ वर्ष काम रोकेको यो कम्पनीले गत साउनको सुरुवातबाट काम सुरु गरेको थियो । जसले २ महिनामा १ सय ८६ मिटर सुरुङ खनिसकेको छ ।
यो आयोजनाको सुरुङ २ दशमलव ४ किमी लामो छ । जसमध्ये भूकम्प अघि ३.८९ किमि खनिसकेको थियो । भूकम्पका कारण पहुँच मार्ग बिग्रेपछि यसले निर्माण कार्य रोकेको थियो । भूकम्पपछि काम छाडेको यो कम्पनीले २ वर्षसम्म काम नै नगरी बसेको थियो ।
सही तवरले काम अघि बढ्न पाएको भए यो आयोजना गत वर्षको असारबाटै सञ्चालनमा आइसक्थ्यो । तर यो आयोजना सन् २०१९ को अप्रिलसम्ममा मात्रै निर्माण भइसक्ने माथिल्लो त्रिशुली थ्री ‘ए’ जलविद्युत आयोजनाका प्रमुख फणिन्द्रराज जोशीले जानकारी दिएका छन ।
जोशीले भने ‘२ महिनादेखि निरन्तर रुपमा काम अघि बढेको छ, सुरुङ निर्माण सँगै अन्य पहुँच मार्ग मर्मत, पावर हाउस निर्माणको काम ििपन अघि बढाएको छ । ‘सन् २०११ को जुनबाट काम सुरु भएकोे यो आयोजना कुल ६० मेगावाट क्षमताको छ ।
६० मेगावाटबाट बढाएर ९० मेगावाट बनाउने भनेर ठेकेदारले नै चौतर्फी लविङ गरेको थियो । तर अन्तत उ सफल हुन सकेन । पूर्वधानमन्त्री डा. बाबुराम भट्टराई पनि क्षमता बढाउने पक्षमा थिए । तर सरोकारवाला निकाय र प्राधिकरणका कर्मचारीहरुको चौतर्फी बिरोध पछि क्षमता बढाउने कुरामा भट्टराई ब्याक भएका थिए ।
आयोजनाका लागि ऋणदाता चिनियाँ बैंकसँग लिएको पाँच बर्ष ऋणको अवधि थप गरिदिन सरकारले यसअघि नै आग्रह गरिसकेको छ । सरकारले यो आयोजनाका लागि आठ अर्ब ९० करोड ऋण लिएको हो ।
ऋण तिर्ने अवधि सुरु भइसके पनि आयोजना सकिएको छैन । जसका कारण सरकारले यसको म्याद थप गर्न खोजेको छ ।
विसं २०७३ असार १६ गतेदेखि विद्युत उत्पादन सुरु गर्नुपर्ने सम्झौता भए पनि उक्त आयोजनाको निर्माण कार्यमा भूकम्प तथा ठेकेदारको बेवास्ताका कारण ढिलाइ भएको हो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्