सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

उत्तर कोरीयाले एकाबिहानै जापानतर्फ मिसाइल हान्यो

उत्तर कोरीयाले शुक्रबार बिहानै जापानतर्फ फर्काएर ब्यालेस्टिक मिसाईल प्रहार गरेर जापानलाई त्रसीत बनाएको छ ।

उत्तर कोरीयाको राजधानी प्योङयाङस्थित सुनान एयरपोर्टबाट जापानी समय अनुसार बिहान ६ः५७ मा प्रहार गरेको मिसाईल जापानी आकास हुँदै ७ः०६ मा प्रशान्त महासागरमा खसेको छ ।

स्थानीय समय अनुसार ७ः०४ बजे जापानी आकासमा प्रवेश गरेको मिसाईल होक्काईदोबाट २ हजार किलोमिटर पुर्व केप एरीमो आइसल्याण्डमा खसेको थियो । मिसाइल प्रहारपछी प्रभावित क्षेत्रका बासीन्दा त्रसित भएका छन ।

उत्तर कोरीयाले मिसाईल हानेपछी जापान सरकारले आकस्मिक सुचना प्रणालीमार्फत होक्काइदो, आओमोरी, इवाते, मियागी, आकिता, यामागाता, फुकुसिमा, तोचिगी, गुन्बा, इवाराकी, निगाता र नागानो क्षेत्रका मानिसहरुलाई घर भित्र वा अन्डरग्राउन्डमा बस्न अपिल गरेको थियो ।

मिसाईल प्रहार गरे लगत्तै ७ः२५ बजे बसेको सुरक्षा परिषदको आकस्मिक बैठकले उत्तर कोरीयाको कडा बिरोध गरेको छ । जापान सरकारका मुख्य क्याविनेट सेक्रेटरी योसिहिदे सुगाले ८ः०० बजे आकस्मिक पत्रकार सम्मेलन गर्दै बैठकले सयुक्त राष्ट्र संघ, अमेरीका र दक्षिण कोरियासंग सुचनाको आदान प्रदान गर्ने, भारतबाट फर्कदै गरेका प्रधानमन्त्रीसंग कुरा गरेको र प्रधानमन्त्री सिञ्जु आवेले जापानी नागरिकको सुरक्षामा कुनै कसुर नराख्नु भन्ने निर्देशन दिएको जानकारी गराएका छन ।

उत्तर कोरीयाको मिसाईल परिक्षण लगत्तै दक्षिण कोरीयामा पनि सुरक्षा परिषदको आकस्मिक बैठक बसेको छ । त्यस्तै दक्षिण कोरीया र अमेरीकी सेनाको संयुक्त सुरक्षा परिषदले पनि मिसाईल परिक्षणबारे विस्तृत अध्ययन गरिरहेको जनाएको छ ।

उत्तर कोरीयाले मिसाईल परिक्षण गरेको सम्भवत यो १५ औँ पटक हो । यसअघि पनि अगष्ट २९ मा उत्तर कोरीयाले जापानतर्फ नै लक्षित गरी यही बाटो हुँदै मिसाईल परिक्षण गरेको थियो । संयुक्त राष्ट्र संघ सुरक्षा परिषदले थप कडा प्रतिबन्ध लगाउने निर्णय गरेलगत्तै उत्तर कोरीयाले यो मिसाईल परिक्षण गरेको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्