सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेपाली सेना पनि संघिय संरचनामा, दुई पृतना थप

मुलुक संघीयतामा प्रवेश गरेसँगै नेपाली सेनाले पनि संघीय संरचना अनुसार दुई पृतना थपेको छ । विगतमा पाँच विकास क्षेत्रमा एक–एक र काठमाडौं उपत्यकामा एउटा गरी ६ पृतना रहेकामा सात प्रदेशमा एक–एक र काठमाडौं उपत्यकामा एक गरी आठ पुर्याइएको छ ।

नेपाली सेनाका प्रवक्ता सहायकरथि झंकरबहादुर कडायतले भने–‘सेनाको पछिल्लो पुनः संरचना र मुलुकको आवश्यकताका आधारमा सरकारले गरेको निर्णय बमोजिम आठ पृतना अहिले विद्यमान छन् । थपिएका दुई पृतनाले पनि आफ्नो जिम्मेवारी सुरु गरिसकेका छन ।’

सेनाले प्रदेश नं. २ र ५ हेर्नेगरी दुई पृतना थपेको हो । कडायतका अनुसार, प्रदेश नं. २ को पृतनालाई मध्यपूर्वी पृतना भनिएको छ भने ५ नं. को पृतनालाई मध्यपश्चिम पृतना भनिएको छ ।

उत्तरपश्चिम पृतनाको मुख्यालय सुर्खेतमा छ । उक्त पृतनाले प्रदेश नं. ६ को सुरक्षा व्यवस्था हेर्ने जिम्मेवारी पाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्