सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

वृन्दावनमा झडप, एकजना गम्भिर, गणना स्थगित

रौतहटको वृन्दावन नगरपालिकाको मतगणना स्थलमा झडप भएको छ । अहिले पनि स्थिति तनावग्रस्त छ र मत गणना स्थगित भएको छ ।

एमाले सांसद रामकुमार भट्टराई मत गणना स्थलमा पुगेपछि अन्य दलले विरोध गरेका थिए । धाँदली गर्न आएको भन्दै अन्य दलले नाराबाजी गरेपछि झडप भएको थियो ।

झडपमा परी एक जना गम्भीर घाइते भएका छन् । मतगणनास्थलको अवस्था तनावग्रस्त र मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत लक्ष्मण उपाध्याय घिमिरेले जानकारी दिएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्