प्रचण्डको चुनावी क्षेत्रमा माओवादीले मेयर जित्यो
सिरहाको कर्जन्हा नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका गंगा पासवान मेयरमा र उपमेयरमा पार्वती श्रेष्ठ विजयी भएका हुन् । २ नं प्रदेशमा माओवादीको यो पहिलो जीत हो ।
माओवादीले जीत हासिल गरेको तर औपचारिक घोषणा हुन बाँकी रहेको निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले बताएका छन । कर्जन्हा सिरहाको साविक क्षेत्र नम्बर पाँचमा पर्छ ।
यो क्षेत्रबाट दोस्रो संविधान सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्