सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रदेश नं. २ मा यस्तो छ अहिलेसम्मको मत परीणाम

महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा राजपाका उम्मेदवारहरु विजयी भएका छन् । अध्यक्षमा राजपाका सुनिलकुमार रायले २७५१ मतका साथ विजयी भएका छन् भने उपाध्यक्षमा पनि राजपाकै सीतादेवी साह २६१९ मत ल्याएर विजयी भएकी छन् ।

धनुषाको धनौजी गाउँपालिका र सर्लाहीको रामनगर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । धनौजी गाउँपालिका अध्यक्षमा कांग्रेसका बद्रीनारायण सिंह २४२० मत ल्याएर विजयी भएका छन् भने उपाध्यक्षमा पनि कांग्रेसकै रामवतीदेवी मण्डल २३२७ ल्याएर विजयी भएकी छन् ।

उनीहरुका प्रतिद्वन्द्वी राजपाका जीवेन्द्र झाले १९३७ र निर्मला देवी मण्डलले १८४३ मत ल्याएका छन् । यस्तै सर्लाहीको रामनगर गाउँपालिका अध्यक्षमा कृष्णप्रसाद बर्मा ३९८३ मत र उपाध्यक्षमा नितुदेवी यादव ३९५७ मत ल्याएर विजयी भएका छन् ।

हालसम्म सार्बजनिक भएको मतपरिणाम अनुसार नेपाली कांग्रेस १० स्थानमा विजयी हुँदै पहिलो स्थानमा रहेको छ भने राजपा ६ स्थानमा विजयी हुँदै दोस्रो स्थानमा छ । त्यस्तै माओवादी केन्द्र ५ स्थानमा जीत हात पार्दै तेस्रो स्थानमा छ ।

त्यसपछी नेकपा एमालेले ४ ओटा स्थानीय तहमा विजयी भएको छ भने उपेन्द्रको समाजवादी फोरम ३ स्थानमा विजयी भएको छ । त्यस्तै विजय कुमार गच्छेदारको लोकतान्त्रिक फोरम पनि २ स्थानमा विजयी भएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्