हरिपुर र ईश्वरपुर नगरपालिकामा एमाले विजयी
सर्लाहीका दुई ठूला नगरपालिका हरिपुर र ईश्वरपुरमा एमाले विजयी भएको छ । आज आइतबार बिहान सार्वजनिक भएको नतिजा अनुसार इश्वरपुर नगरपालिकाको मेयरमा मनोज देवकोटा र हरिपुरको मेयरमा जमरुद्धिन मन्सूर विजयी भएका हुन् ।
ईश्वपुरको मेयरमा निर्वाचित एमालेका मनोज देवकोटाले ६५६० मत प्राप्त गरेका छन् । उनका निटतम प्रतिस्पर्धी माओवादी केन्द्रका जयप्रकाश चौधरीले ४८३५ मत पाए ।
उपमेयरमा पनि एमालेकै एकावती चौधरी ६ हजार ६७८ मतका साथ विजयी भएकी छन् । उनकी निटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी आदिमाया स्याङतानले ४७०५ मत प्राप्त गरेकी छिन ।
त्यस्तै हरिपुर नगरपालिकाको मेयरमा एमालेका जमरुद्धिन मन्सुर ३८५३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटम प्रतिस्पर्धी कांग्रेसका उदयनारायण चौधरीले ३५७५ मत प्राप्त गरेका छन् ।
उपमेयरमा पनि एमालेकै उम्मेदवार रेणुका काफ्लेले ३८५८ मत ल्याएर जित हासील गरेकी छिन । उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी पानोदेवी साह ३३२५ मतमै सीमित भइन् ।
ईश्वरपुर र हरिपुर नगरपालिका जितेसँगै सर्लाहीमा एमालेले चार नगरपालिकामा जित निकालेको छ । यसअघि हरिवन र लालबन्दी नगरपालिकामा एमालेले जितिसकेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्