सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

रात्री बस त्रिशुलीमा खस्यो, १९ को मृत्यु, १५ घाईते

आज बिहान ६ बजेतिर धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट रात्री बस त्रिशुली नदिमा खस्दा मृत्यु हुनेको संख्या १९ पुगेको बताईएको छ । दुर्घटना भएको ना ६ ख १४६७ नम्बरको रात्री बस त्रिशुली नदीमा डुबेको बताईएको छ ।

त्रिशुली नदीमा खसेको सो बस सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको थियो । बसमा अन्दाजी ५० जना भन्दा बढी यात्रु सवार भएको घाईतेहरुले बताएका छन । मृतकहरुको सनाखत हुन बाँकी छ । मृत्यु हुनेको संख्या अँझै बढ्ने अनुमान गरिएको छ ।

दुर्घटना स्थलबाट १५ जना घाइतेलाई उद्धार गरिएको गजुरी प्रहरीले जनाएको छ । गम्भीर घाईते २ जनालाई काठमाण्डौको ट्रमा सेन्टर पठाईएको छ । अन्य १३ जना घाईतेको गजुरी अस्पतालमा उपचार भईरहेको छ ।

अहिले त्रिशुलीमा खसेको सो बसलाई क्रेनको सहायताले बाहिर निकाल्ने प्रयास भइरहेको छ । अँझै केही यात्रु बसभित्रै रहेको हुनसक्ने उद्दारमा खटिएका सुरक्षाकर्मीहरुले बताएका छन । दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा खटिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्