संघियताले स्पेनको टाउको दुख्यो, प्रत्यक्ष शासन
स्पेनका प्रधानमन्त्री मारियानो राखोयले क्याटेलोनियाको संसद भंग गरेर प्रत्यक्ष शासन लागू गरेका छन् । प्रधानमन्त्री राखोयले क्याटेलोनियाका नेता कार्लोस पुजिमोन्ट, उनको मन्त्रिपरिषद र प्रहरी प्रमुखलाई बर्खास्त गरेका छन् ।
प्रधानमन्त्री मारियानोले क्याटेलोनियामा चुनाव गराउने घोषणा पनि गरेको बीबीसीले लेखेको छ । अब क्याटेलोनियामा २१ डिसेम्बरमा चुनाव गराइने छ । स्पेनका प्रधानमन्त्री राखोयले यो चुनाव स्वतन्त्र र निष्पक्ष हुने प्रतिवद्धता जनाएका छन् ।
उनले भनेका छ–‘स्थिति सामान्य बनाउन क्याटेलोनियाको शासनको सिधा बागडोर लिने अभूतपूर्व निर्णय जरुरी थियो ।’ स्पेनबाट स्वतन्त्र हुनका लागि भन्दै अक्टोबर १ तारिखमा क्याटलोनियामा जनमत संग्रह गराइएको थियो जसलाई स्पेनको संवैधानिक अदालतले अवैध ठहर गरेको थियो ।
स्पेनका प्रधानमन्त्री मारिआनो राखोय वायाँ र क्याटेलोनियाका नेता कार्लोस पुजिमोन्ट दायाँ ।
स्पेनबाट अलग हुने कि नहुने भनेर गराइएको जनमत संग्रहमा अलग हुने पक्षमा बहुमत आएको थियो । तर, क्याटेलोनियाका नेता पुजिमोन्टले भने अलग भएको घोषणा गरिसकेका थिएनन् ।
क्याटेलोनियाको क्षेत्रीय संसदले शुक्रबार स्पेनबाट स्वतन्त्र हुने घोषणा गरेको थियो । १३५ सदस्यीय सदनमा प्रस्तावको पक्षमा ७० र विपक्षमा १० भोट आएको थियो । केही सदस्यहरुले भने मतदान बहिस्कार गरेका थिए ।
यस मतदानपछि क्याटेलोनियाले स्पेनको संविधान खारेज गरेको थियो । क्याटेलोनियाको यो कदमपछी स्पेनले कडा कदम चालेको थियो । क्याटेलोनियाले स्पेनको राष्ट्रिय अखण्डतामा आँच आएको भन्दै हस्तक्षेप गरेको हो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्