सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सेक्सले लियो ज्यान; भाईको हत्या गरी आत्महत्या

यौन सम्बन्ध खुल्ने डरले भाईको हत्या गरेको आरोप लागी प्रहरीले पक्राउ गरेकी सिरहाको कर्जन्हा–२ की १६ वर्षीया किशोरी प्रियंका यादवले प्रहरी हिरासतमै आत्महत्या गरेकी छन् ।

आफ्नो यौन सम्बन्ध लुकाउन ठूलोबुबाका छोरा भवेश यादवको हत्या गरेको आरोपमा युवक संजयकुमार र प्रियंकालाई पक्राउ गरी मिर्चैया प्रहरीले आज मध्याहृन सार्वजनिक गरेको थियो ।

इलाका प्रहरी कार्यालय मिर्चैयामा थुनुवा राख्ने ठाउँ नभएपछि हत्या आरोपी दुबैलाई इलाका प्रहरी कार्यालय बिष्णुपुर लगिएको थियो । साँझ ५ बजेतिर प्रहरीको अनुमतिमा चौकीकै बाथरुममा नुहाउन छिरेकी उनले सलको पासो लगाएर आत्महत्या गरेको बिष्णुपुर प्रहरी चौकीले पुष्टि गरेको छ ।

परिवारका सदस्य आइनपुगेको हुनाले मृतक प्रियंकाको शव अहिले बाथरुममै छ । परिवारका सदस्य आएपछि थप प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।

गाउँ नजिकैको जंगलमा भैसी चराउन जाँदा १६ बर्षिया प्रियंका र गाउँकै १४ बर्षिय सञ्जयकुमार साहलाई आपत्तिजनक अवस्थामा देखेका प्रियंकाका भाई भवेशलाई यौन सम्बन्ध खुल्ने डरले उनीहरुले हत्या गरेको प्रहरीसँग स्वीकार गरेका थिए ।

प्रहरीले सार्बजनिक गरेको ३÷४ घण्टा नपुग्दै हत्या आरोपी युवतीले प्रहरी कार्यालयभित्रै आत्महत्या गरेको यो घटनाले नेपालको सामाजीक मनोदशा र कानुन कार्यान्वयन प्रक्रियाबारे सोच्न बाध्य बनाएको छ ।

यो पनि पढ्नुहोस्;

यौन सम्बन्ध लुकाउन युवायुवतीले गरे भाईको हत्या

फेसबुकबाट कमेन्ट गर्नुहोस्