सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

उदयपुरमा सुमो जिप दुर्घटना, ८ जनाको मृत्यु

उदयपुरमा सुमो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । कटारीबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो उदयपुरको ठाँटीभञ्ज्याङ भन्ने ठाउँमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक नवराज भट्टका अनुसार दुर्घटनामा परेको सुमो जिप भीरबाट ३ सय मिटर तल खसेको बताईएको छ । घाईते हुने ३ जनामा एक जना चालक, एक जना महिला र बालक रहेका छन् ।

मृत्यु भएकाहरुको सनाखत भइसकेको छैन । प्रहरी टोली र स्थानीय बासीन्दा अहिले उद्धारमा खटिएका छन । दुर्घटना के कारणले भएको हो भन्ने खुल्न नसकेको उदयपुर प्रहरीले जनाएको छ ।

कटारीबाट १० जना यात्रु बोकेर हिँडेको बताइए पनि बीचमा यात्रु थपिएको वा नथपिएको जानकारी नभएकाले कति यात्रु थिए भन्ने यकिन नभएको प्रहरीको भनाइ छ । उद्दारकार्यमा खटिएको कटारी नपा–११ का वडाध्यक्ष दीपक बुढाक्षत्रीका अनुसार एकजना बालकलाई सकुशल गाडीबाट निकालिएको छ ।

यो पनि पढ्नुहोस्;

गुल्मीमा माईक्रो दुर्घटना, ७ को मृत्यु, ४ घाईते
रात्री बस त्रिशुलीमा खस्दा ३१ जनाको मृत्यु

फेसबुकबाट कमेन्ट गर्नुहोस्