न्युयोर्कमा ट्रक आक्रमण, ८ जनाको मृत्यु
अमेरिकाको न्युर्योकमा भएको एक ट्रक आक्रमणमा परि कम्तिमा आठ जनाको मृत्यु भएको छ । ट्रक आक्रमणमा परी एघार जना गम्भीर घाइेत भएका छन् । न्यूर्योकको लोवर म्यानहर्टको साइकल लेनमा ट्रक चालकले जानाजान ट्रक जोत्न लैजाँदासो घटना भएको हो ।
ट्रकको ठक्करलाई प्रहरीले संदिग्ध आतंकवादी आक्रमणको संज्ञा दिएको छ । ट्रक चालकलाई नियन्त्रणमा लिएको न्युर्योक प्रहरीले जनाएको छ । अमेरिकी सञ्चार माध्यमहरुका अनुसार सेफुलो साइपव नाम गरेका २९ वर्षिय ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
ट्रक चालकले जानेरै सडकपेटीमा यात्रा गर्दै गरेका र साइकल यात्रीहरुलाई ठक्कर दिएको बताइएको छ । चालक आप्रवासी भएको र सन् २०१० देखि फ्लोरिडामा बस्दै आएको बताइएको छ । न्युयोर्कका मेयर विल दे व्लाजियोले कम्तिमा आठको मृत्यु भएको र एघार घाइते भएको पुष्टि गरेका छन् । उनले ट्रक आक्रमणलाई कायरतापूर्ण चरमपन्थी हमला भएको प्रतिक्रिया दिएका छन् ।
घटनाका प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमहरुले एक ट्रक साइकल चलाइने सडकमा प्रवेश गर्दै यात्रुहरुलाई ठक्कर दिएको बताएका छन् । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाको निन्दा गरेका छन् । उनले ट्वीट मार्फत कमजोर मानसिकताबाट घटना गराइएको आरोप लगाएका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्