सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सरकार छाडेर वामगठबन्धनमा जाने राप्रपा तयारी

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले तालमेलका विषयमा धोका दिने देखिएपछि राप्रपाले सरकार छाड्ने विषयमा छलफल सुरु गरेको छ । काँग्रेसले राप्रपा अध्यक्ष कमल थापाको निर्वाचन क्षेत्रमा नै धोका दिने देखिएपछि राप्रपा सरकारमा किन बस्ने भन्नेमा छलफल सुरु भएको एक नेताले जानकारी दिएका छन ।

सरकारमा जानुअघि नै तालमेलसहितका विषयमा सहमति भएको र त्यही विषय टुङ्गो नभएपछि मकवानपुरमा कांग्रेसले पत्रकार सम्मेलन गरेरै राप्रपा अध्यक्ष कमल थापालाई भोट हाल्न नसकिने निर्णय गरेपछि देशभरीको तालमेल पनि संकटमा परेको छ । झापा ३ मा पनि राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनलाई सहयोग गर्ने सहमति विपरित कांग्रेसले कृष्ण सिटौलालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

राप्रपाको वार्ता समितिले काँग्रेससँग वार्ता गरिरहेको र सहमति नभए सरकारबाट हट्ने जनाइएको छ । काँग्रेससँग सहमति नभए गठबन्धन तोडेर वाम गठबनधनमा आउने सम्भावना पनि रहेको स्रोतले बताएको छ । सरकार छाडेर वाम गठबन्धनमा सहमति गर्ने विषयमा पनि छलफल चलिरहेको छ । राप्रपालाई प्रतिनिधि सभामा ७ र प्रदेश सभामा २७ सिट दिने गरी दुवै पार्टीबीच तालेमेल सम्झौता भएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्