कांग्रेसका उम्मेद्वार बने गुण्डा नाईके गणेश लामा
गुण्डा नाइके भनेर चिनिएका गणेश लामालाई कांग्रेसले प्रदेशसभा उम्मेदवार बनाएको छ । कांग्रेस संसदीय बोर्डको बैठकले लामालाई काभ्रे क्षेत्र नम्बर १ ‘ख’को टिकट दिएको हो । विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसँगै लामा पनि कांग्रेसमा आएका हुन् ।
लामाविरुद्ध विशेष अदालतमा सम्पति शुद्धीकरणको मुद्दा चलिरहेको छ । लामाको काभ्रेली समूह काठमाडौं सहितका क्षेत्रमा असुली तथा अपहरण लगायतका घटनाहरुमा संलग्न हुने गरेको छ ।
जिल्लाबाटै सिफारिस भएर आएकाले लामाको नाममा सर्वसम्मति भएको कांग्रेस नेता रमेश रिजालले बताएका छन । यसअघि एमालेले अर्का गुण्डा नाइके दिपक मनाङ्गेलाई समर्थन गरेको छ । एमालेले टिकट नदिएपछि मनाङ्गेले मनाङ ‘ख’मा प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार दिएका थिए । एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर उनलाई समर्थन गरेको छ ।
कांग्रेसले वामपन्थी गठबन्धनसँग भिड्न काभ्रे १ मा प्रतिनिधिसभा सदस्यका लागि तीर्थ लामालाई अघि सारेको छ काभ्रे २ मा जिल्ला सभापति मधु आचार्य उम्मेदवार बनेका छन् ।
प्रदेशसभामा क्षेत्र नम्बर १ को ‘क’मा सीबी लामा र ‘ख’मा गणेश लामा तथा क्षेत्र नम्बर २ को ‘क’ मा सुन्दरमणी आचार्य र ‘ख’ मा कन्चनदेव श्रेष्ठलाई उम्मेदवार बनाएको छ । वामपन्थी गठबन्धनको भने उम्मेद्वार तय भइसकेका छै्रन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्