सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रचण्डका बुहारी, ज्वाईँ देखी भाईसम्म उम्मेद्वार

नेकपा माओवादी केन्द्रले समानुपातिकको सूचीको पहिलो नम्बरमा पूर्वमन्त्री रेखा शर्मालाई राखेको छ । ल्ह्यारक्याल लामा पनि माओवादीको समानुपातिक सूचीमा परेका छन् । उनको नाम बन्दसूचीको ५६ औं नम्बरमा छ ।

पहिलो संविधानसभामा एमालेबाट समानुपातिबाट सांसद बनेका लामा दोस्रो संविधानसभामा माओवादीबाट समानुपातिकबाट सांसद बनेका थिए । अर्थ राज्यमन्त्री हुँदा दोहोरो नागरिकता भेटिएपछि उनले राजीनामा दिएका थिए ।

निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको सूची अनुसार रेखा पहिलो नम्बरमा छिन् भने दोस्रो नम्बरमा पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी, तेस्रो नम्बरमा धर्मशिला चापागाईँ र चौथो नम्बरमा सत्या पहाडी छिन् ।

त्यसैगरी पुष्पकमल दाहालका भाई नारायण दाहाल पनि समानुपातिकको सुचिमा परेका छन । उनि खसआर्य अन्र्तगत चितवनबाट समानुपातिकको सुचिमा परेका हुन ।

दाहालले कान्छो ज्वाइँ जीवन आचार्यलाई मोरङको क्षेत्र नम्बर ६ (क) मा प्रदेशसभाको उम्मेदवार बनाएका छन् । त्यसैगरी बुहारी बिना मगरलाई कञ्चनपुर १ मा उम्मेद्वार बनाएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्