रोल्पामा बर्षमान पुन चढेको गाडीमा माईन बिस्फोट
रोल्पामा आफ्नो चुनावी क्षेत्रमा प्रचारप्रसार कार्यक्रम गरिरहेका माओवादी नेता बर्षमान पुन चढेको गाडीमा विप्लवका कार्यकर्ताले माईन बिस्फोट गराईदिएका छन । माडी गाउँपालिका वडा नम्बर १ भिट्टाबाङ भन्ने ठाउँमा नेता पुन चढेको गाडीमा माइन बिस्फोट भएको हो ।
माईन विस्फोटबाट दुई ओटा गाडीमा सामान्य क्षति पुगेको छ । नेता पुनले विप्लवका कार्यकर्ताले बाटोमा बिछ्याएर राखेको माईन बम बिस्फोट भएको दावी गरेका छन । बाटो छेउमा लुकेर बसेका विप्लवका कार्याकर्ताले बिस्फोट लगत्तै वाम गठबन्धनका उम्मेवारलाई लक्षित गरी फायरिङ गरेका थिए । उम्मदेवारको सुरक्षामा स्कर्टिङमा रहेको सुरक्षा टोलीले जवाफी फायरिङ गरेपछि आक्रमणकारी भागेको बताईएको छ ।
बिस्फोटबाट कुनै मानविय क्षति नभएको नेता पुनले सञ्चार माध्यमलाई बताएका छन । नेता पुनले बाम गठबन्धनका उम्मेद्वारहरुको हत्या गर्ने उद्देष्यले शक्तिशाली माईन बिस्फोट गराईएको दाबी गरेका छन । पुनसँगै माओवादीकी समानुपातिक उम्क्मदेवार जयपुरी घर्ती र रोल्पा २ का माओवादी प्रत्यक्ष उम्मेदवार दीपेन्द्र पुन पनि थिए ।
एमालेका पोलिटब्यूरो सदस्य गोकुल घर्ती र एमालेबाट प्रदेश सभाका समानुपातिक उम्मेदवार ईश्वर घर्ती पनि सोही टोलीमा थिए तर उनीहरु छुट्टै गाडीमा थिए । शुक्रबार मात्रै रुकुममा माओवादी उम्मदेवार जनार्दन शर्मालाई लक्षित गरेर विप्लवका कार्यकर्ताले बम प्रहार गरेका थिए ।









फेसबुकबाट कमेन्ट गर्नुहोस्