सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

वडाअध्यक्ष र महिला सदस्य आपत्तिजनक अवस्थामा

महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष विजयकुमार सिंह गएराति आफ्नै दलित महिला वडा सदस्यसँग आपत्तिजनक अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार आरोपित वडाध्यक्ष सिंह र महिला सदस्यलाई गएराति साढे १० बजे महिला वडासदस्यकै घरमा आपत्तिजनक अवस्थामा देखेपछी महिलाका देवर, ससुरा र जेठाजुले गाउँलेलाई बोलाएर रंगेहात पक्राउ गरेका थिए ।

उनीहरुलाई आपत्तिजनक अवस्थामा देखेपछी बाहीरबाट चुकुल लगाई गाउँलेलाई बोलाएर रंगेहात पक्राउ गरिएको आरोप महिला वडा सदस्यका परिवारले लगाएको महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कठायतले बताएका छन ।

आरोपित महिलाका घरका सदस्यहरु तथा गाउँलेले अध्यक्ष सिंह र दलित महिलालाई पक्राउ गरी प्रहरी बोलाएर गए राति ११ बजे दुवैलाई प्रहरीको जिम्मा लगाएका थिए । प्रहरीले दुवैलाई गएराति नै मेडिकल जाँच गराई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको जनाएको छ ।

आरोपित वडाअध्यक्ष सिंह तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा विजयी भएका थिए । ती दलित महिला सदस्यका श्रीमानको नौ महिनाअघि वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको बताइएको छ । पति गुमाएर विधवा रहेकी दलित महिला वडा सदस्य गएराति वडाध्यक्षसँग आपत्तिजनक अवस्थामा फेला परेको आरोप महिलाका परिवारका अन्य सदस्य तथा गाउँलेले लगाएका छन् ।

प्रहरी उपरीक्षक कठायतले वडाध्यक्ष सिंह तथा महिला वडा सदस्यमाथि लगाइएको आरोपको वास्तविकता के हो भन्ने बारे अनुसन्धान र सोधपुछ भईरहेको बताएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्