सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

रत्नपार्कको पुलबाट तीन केजी सुनसहित २ जना पक्राउ

 

प्रहरीले सोमबार दिउँसो तीन किलो सुनसहित रत्नपार्कको आकासेपुलबाट दुई युवकलाई पक्राउ गरेको छ । प्रहरीले सुन तस्करी भएको गोप्य सुचना पाएपछी दुई जनालाई रत्नपार्कको आकाशेपुलबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गले रत्नपार्कबाट मोहन महर्जन र आयुष बज्राचार्यलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानमा उनीहरुबाट बरामद गरिएको सुन तस्करी नै भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिएका छन ।

३ किलो सुन गाल्न भनेर कतै लिएर हिँडेको अवस्थामा सुन बरामद गरिएको दरबारमार्ग वृत्तका डिएसपी तिलक भारतीले बताएका छन । पक्राउ परेका दुई जनाले बयानका क्रममा पसलको सुन गाल्न लैजान लागिएको भनेर बताएको प्रहरीले जनाएको छ ।

यसअघि शनिबार मात्रै चीनको केरुङ नाकाबाट नेपाल ल्याइएको १७ किलो सुनसहित प्रहरीले एक जनालाई रसुवाको टिमुरेबाट पक्राउ गरेको थियो । पछिल्लो समय केरुङ नाका हुँदै सुन तस्कर गर्ने समूहहरु पक्राउ पर्दै आएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्