सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

गगन थापाको ३ करोडको बाख्राको खोर गायब

जबजब चुनाव आउँछ तबतब चुनाबलाई प्रभावित पार्ने थुप्रै बिषयवस्तुले चर्चा परिचर्चा पाउने गर्छन । आसन्न आम चुनावमा अनेक चर्चा भएपनि केहि क्षेत्रमा भने केहि अनौठो बिषयले चर्चा पाएका छन । बिशेष गरी काठमामडौको क्षेत्र नं ४ मा खसी, खसीको मासु पसल र ओखलढुंगामा रोलेक्स घडीको चर्चा हुन थालेको छ ।

ओखलढुंगामा प्रतिनिधिसभाका कांग्रेस उम्मेद्वार रामहरि खतिवडाले आफ्ना कारणले बाम गठबनधनका उम्मेद्वार यज्ञराज सुनुवार चर्चामा आएको र आफु संसदमा एक नम्बर सांसद भएको दावी गरेपछि सुनुवार पनि कडा प्रतिवादमा उत्रिएका छन ।

उनलाई केहि महिना पहिला काठमाडौको एक होटलबाट १४ लाख पर्ने रोलेक्स घडी चोरेको अभियोग लागेको थियो । तर खतिवडाले आफ्नो कोटको गोेजिमा कसैले सो घडी राखि दिएको भन्दै पछि फिर्ता गरेका थिए । यस बिषयमा केहि नबोलेका सुनुवारलाई खतिवडाले आफ्ना कारणले चर्चामा आएको भने पछि उनि पनि कडा प्रतिवादमा उत्रिएका हुन ।

‘म त भन्छु दश नम्बर होइन एक नम्बर हो, किन कि ६०१ सांसदहरुका अरु कसैले घडी चोरको आरोप ब्याहोर्नु परेन, रामहरिजीलाई त्यो सौभाग्य पाउनुभयो ।’ अनि सुनुवारले थपे ‘६०१ सांसदमा कसैले मन्त्रीको सही चोरेको अभियोगमा २९ दिन प्रहरी हिराससतमा बिताउनु पर्ने तर उहाँंले त्यो मौकामा छुट पाउनुभयो ।’

काठमाडौ क्षेत्र नम्बर ४ मा भने अहिले खसीको चर्चा छ । क्षेत्र नम्बर ४ मा यस अघि पनि बिजयी भएका कांग्रेस उम्मेद्वार गगन थापाले काम नगरी गफ मात्र गरेको भन्दै यस अघि सरकारबाट लिएको तीन करोड अनुदानको दुरुपयोग गरेको भन्दै ती खसीको खोजी गर्न थालेका छन । यस क्षेत्रमा कांग्रेसका थापा र वाम गठबन्धनका डा. राजन भट्टराई चुनावी मैदानमा छन ।

‘सरकारी अनुदान लिएपछि जनताले त्यो कता गयो भनेर प्रश्न गर्न पाउने कि नपाउने ? बाख्रा पालन छ भनेर म पनि त्यस ठाउँंमा हेर्न गएको, न खोर छ न बाख्रा’–काठमाण्डौ क्षेत्र नं ६ का एमाले उम्मेदवार केशव स्थापितले भनेका छन । उनले मासु पसल खोल्ने भनेर गगन थापाले चर्चा गरेको तर वास्तविक रुपमा त्यस्तो पसल कता गायो ? कहाँं छ भन्दै टिप्पणी गरेका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS