सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सप्तरीमा टुक्राटुक्रा अवस्थामा महिलाको शव भेटियो

सप्तरीको हनुमानगर कंकालनी नगरपालिका– ५ स्थित कोशी पलारमा एक महिलाको शव बिक्षिप्त अवस्थामा भेटिएको छ । महिलाको शव हातखुट्टा, शरीर र टाउको छुट्टाछुट्टै काटिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

सप्तरीको कोशी पलारको झाडीमा दुवै हात, दुबै खुट्टा र टाउको समेत काटिएको र बोरामा बाँधिएको अवस्थामा आज शव फेला परेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी गराएका हुन ।

महिलाको शव हेर्दा उमेर अन्दाजी ३०÷३५ वर्ष जस्तो देखिने प्रहरीले जनाएको छ । टुक्राटुक्रा अवस्थामा शव भेटिएकी महिलाको पहिचान हुन सकेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान अगाडी बढाएको र पोष्टमार्टम रिपोर्टपछी घटनाको बारेमा थप विवरण खुल्ने जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्